१५ मंसीरमा सिजी कामना अवार्ड
screennepal
प्रकाशित: २०७१, ३० कार्तिक आईतवार
no img

Kamana Film Awards Logoकाठमाडौं । ‘सिजी कामना फिल्म अवार्डस्–२०७१’ १५ मंसीरमा हुने भएको छ । कामना मासिकको ३१औं वार्षिकोत्सव पारेर अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । कामना फिल्म मासिक र सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक हुन लागेको अवार्ड भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा एक कार्यत्रबीच वितरण गरिने छ । कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा एक जना कलासधाकलाई १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मात गरिने जनाइएको छ ।
चलचित्र क्षेत्रकै कलाकर्मी तथा चलचित्रकर्मीहरुले निष्पक्षरुपमा अन्तर्राष्ट्रियस्तरको फिल्मी अवार्ड आयोजना गर्न दिँदै आएको सुझावलाई मनन गर्दै कामनाले २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्मलाई सामेल गरी यसै वर्षबाट अवार्ड कार्यक्रम आरम्भ गर्न लागेको हो । कला क्षेत्रबाटै कामना प्रकाशनलाई यस आयोजनाका लागि निरन्तर प्रोत्साहित भइरहेका कारण यो आयोजना नेपालीचलचित्र उद्योगका लागि मात्र नभई सम्पूर्ण कलाक्षेत्रकै कुम्भ मेला हुने अनुमानगरिएको छ ।
समग्र कलाकर्मी, चलचित्रकर्मी र प्राविधिकको सामाजिक प्रतिष्ठा,       अन्तर्राष्ट्रिय ख्याति निर्माण एवम् त्यसको श्रीवृद्धि अनि नेपाली फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले प्रकाशनमा ल्याइएको कामना सिने मासिकले आयोजना गर्न लागेको सीजी कामना फिल्म अवाडर््स २०७१ लाई कामनाले समग्र कलाकर्मीको अवार्डको रुपमा सम्पन्नगर्ने दृढता व्यक्त गरेको छ ।
कलाकर्मीको सम्मानलाई नै आफ्नो सम्मानका रुपमा लिँदै आएको साधना स्वास्थ्य मासिक, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र न्यूजअफ नेपाल डट कमसमेत प्रकाशन र सञ्चालनगर्दै आएको कामनाले कलाकर्मीकै निष्पक्ष मूल्यांकन र सम्मानका लागि यो अवार्डको थालनी गर्न लागेको कामनाका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताएका छन् । समग्र नेपाली फिल्म उद्योगकका कलाकर्मी एवं प्राविधीक र यससँग सम्बन्धित संघ संस्थाको सक्रिय सहभागीताले यो अवार्ड नेपाली फिल्म क्षेत्रको कोशेढुंगा सावितहुने विश्वास प्रधान सम्पादक श्रेष्ठको छ ।  नेपाली फिल्म जगत्को गुणात्मक विकास तथा अन्तर्राष्ट्रियरुपमा फिल्मकर्मीहरुको ख्याति वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सीजी कामना फिल्म अवार्ड्स २०७१ सँग नेपाली मनोरञ्जन क्षेत्रमा बहुप्रतिष्ठित सिजी इन्टरटेनमेन्टको सहकार्यले अवार्ड अझै स्तरीय हुने अपेक्षा प्रधान सम्पादक श्रेष्ठले गरेका छन् ।  प्रधान सम्पादक श्रेष्ठले नेपालीचलचित्र उद्योगको गुणात्मक विकास, चलचित्रकर्मीको उचित सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहित गर्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न अवार्डको थालनी गर्न लागेको दोहो¥याएका छन् ।
त्यसैगरी सिजी इन्टरटेनमेन्टका अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति एवं साहित्यकार वसन्त चौधरीले कामना फिल्म अवार्ड्ससँग जोडिनु आप्mनो र आप्mनो कम्पनीका लागि गौरवसँगै  सुखद पक्ष  रहेको दोहो¥याएका छन् । यो सहकार्यले सम्मानजनक यस थालनीलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन् । निश्पक्षता, पारदर्शीता र उत्कृष्टताले नै यो अवार्ड नेपालीफिल्म क्षेत्रको महाउत्सव हुने उनको भनाई छ । सीजी इन्टरटेनमेन्ट र कामना सिने मासिकको प्रकाशन गृह कामना न्यूजपब्लिकेसन्स्बिच ५ वर्षसम्म अवार्ड आयोजना गर्ने गरी सम्झौता भएको छ ।
सीजी कामना फिल्म अवार्ड्स २०७१ लाई प्रतिस्पर्धाका आधारमामुख्य अवार्ड,  प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ ।  कामनाले ३१ वर्षको यात्रा पुरा गरेको अवसरमा कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा यसै क्षेत्रमा जीवन बिताउने कलाधाकलाई १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) २०७१ बाट सम्मानित गरिने भएको छ । अवार्ड समारोह अत्याधुनिक तथा उच्चतम प्रविधीको प्रकाश व्यबस्था र ध्वनि प्रणालीका साथ सम्पन्न हुने र यसको तयारी दु्रत गतिमा चलिरहेको कामनाका सम्पादक तथा अवार्ड आयोजक समितिका सदस्य विदुर गिरीले जानकारी गराएका छन् ।

Comments