बिबादमा मिस नर्सको दोस्रो संस्करण
screennepal
प्रकाशित: २०७१, ३० कार्तिक आईतवार
no img

Letter Head in JPEGमिस नर्सको दोस्रो संस्करण आयोजनाका क्रममा आयोजकबिच विवाद उत्पन्न भएको छ ।  नेक्स्ट मोडल्स नेपाल प्रालिद्वारा आगामी पुसको पहिलो हप्ता गरिन लागेको भनेर प्रचारित मिस नर्सको दोस्रो संस्करणप्रति बिरोध जनाउँदै आयोजककै अर्काे पक्षले बिज्ञप्ति जारी गरेको छ । आयोजककै अर्को पक्षले ध्यानाकर्षण भएको भन्दै कम्पनीका अध्यक्ष ओमप्रकाश पाण्डे र प्रबन्ध सञ्चालक सुवास सिंह ठकुरीले विज्ञप्ति जारी गर्दै दोस्रो संस्करण तत्कालै आयोजना गर्ने बारे आफुहरुको कुनै निर्णय नभएको जनाएका हुन् ।

‘कम्पनीले दोस्रो संस्करण तत्कालै आयोजना गर्नेबारे हालै कुनै आधिकारीक निर्णय नगर्दै रवि धमला नामका व्यक्तिले इभेन्ट तयारीका लागि भन्दै सहभागी र प्रायोजकसँग रकमहरु उठाइरहेको सुन्दा हामी अचम्मीत भएका छौं,’ ठकुरी र पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले मिस नर्स नेपाल २०७१ सञ्चालन गर्ने सोच राखेपनि केही अघि मात्र सम्पन्न भएको ‘मोडल अफ द इयर’को ब्राण्ड प्रचारप्रसार तथा प्रवद्र्धनका लागि व्यस्त रहेकाले केही ढिला हुने अवगत गराउछौं । यही मौकामा धमला एक्लैले कम्पनीको छाप तथा वेवसाईटहरु दुरुपयोग गरी कम्पनीको आधिकारीक संस्थापकहरुको वास्ता नगरी कम्पनीको नाम प्रयोग गरी मिस नर्स नेपाल २०७१ सञ्चालन गर्ने भनी बिभिन्न व्यक्ति तथा सहभागीबाट रकम समेत असुल उपर गरी कम्पनीको नाम दुरुपयोग भएकोमा कम्पनीको गम्भीर आपत्ती छ ।’
उनीहरुले मिस नर्सको दोस्रो संस्करण गर्ने आधिकारीक निर्णय नभइ रवि एक्लैले मनोमानी ढंगले त्यसरी अनाधिकृत रुपमा पैसा उठाइएको जानकारी आफुहरुले पाएको जनाउँदै रकम उठाउन धमलालाई कम्पनीले अख्तियारी नदिएको बताएका छन् ।

Comments