‘फन्को’मा इन्दिराको आइटम !
screennepal
प्रकाशित: २०७१, ३० कार्तिक आईतवार
no img

Indira Joshi (4)गीतभन्दा अदाले चर्चित गायिका इन्दिरा जोशीले फिल्मको गीतमा आइटम गरेकी छिन् । हेटौंडामा सुटिङ भइरहेको फिल्म ‘फन्को’मा गायिका जोशीले डान्को फन्को लगाएकी हुन् । ‘म त लोकल ब्यूटी लोकल, म त लोकल क्यूटी लोकल’ बोलको गीतमा इन्दिराले आइटम गरेकी हुन् । चेतन सापकोटाको संगीत रहेको गीतमा आवाज इन्दिराकै छ ।
आफ्ना गीतमा आफै नाँचिरहेकी इन्दिराले पहिलोपल्ट फिल्मका लागि डान्स गरेकी हुन् । नृत्यनिर्देशक कविराज गहतराजको निर्देशनमा इन्दिराले कम्मर मर्काएकी हुन् । इन्दिरा डान्स सोही फिल्मका कलाकार दयाहाङ राई, प्रियंका कार्की र सौगता मल्ले पनि हेरे । फिल्ममा इन्दिराका लागि सिक्वेन्स मिलाइएको छ । उनी इन्दिरा जोशीकै नाममा कन्सर्टमा सहभागी भएको दृष्य राखिएको छ । फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन् ।

Comments