लिटिल मास्टरले देखाए प्रतिभा
screennepal
प्रकाशित: २०७१, २९ कार्तिक शनिबार
no img

काठमाडौं । कलश इभेन्ट्सद्धारा आयोजित ‘लिटिल मास्टर–२०१४’ मा अन्तिम स्पर्धा गरिहेका २१ बालकले आ–आफ्नो प्रतिभा देखाए । उनीहरुले ‘ट्यालेन्ट सो’ अन्र्तगत थिएटर मल सुन्धारामा आयोजित कार्यक्रममा प्रतिभा देखाएका हुन् । सहभागी बालकहरुले नृत्य, गायन, पियानो वादन, कि वोर्ड, मादल, धिमे, वक्तृत्व कलाजस्ता विविध कला देखाएका थिए । प्रतिभा प्रस्तुतिसँगै उनीहरुले कल्चरल उपाधिका लागि विविध संस्कृति झल्किने नेपाली सांस्कृतिक पहिरन सोसमेत गरिएको थियो ।

IMG_0322कार्यक्रमको निर्णायक मण्डलमा नायिका तथा नृत्य निर्देशक हिसिला महर्जन, गायिका एन्जिला श्रेष्ठ, रंगमञ्च कलाकार कुमार श्रेष्ठ, संचारकर्मी अशिन श्रेष्ठ, नृत्य निर्देशक मंगलादेवी महर्जन, अर्केष्ट्रा वादक महेश्वर महर्जनलगायत रहेका थिए भने यज्यू श्रेष्ठ र ओशिना भारतीले कार्यक्रम सञ्चालन गरेका थिए ।
यस्ता कार्यक्रमले प्रतियोगीबीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने अवसर मिलेको र देशभित्रका विविध जाती, भाषा तथा संस्कृतिबारे नजिकबाट बुझ्नसमेत सहयोग गर्ने संस्थाका कार्यकारी अध्यक्ष रामेश्वर श्रेष्ठको बताए । कार्यकारी निर्देशक सञ्जय महर्जनका अनुसार मास्टर इन्टेलिजेन्ट, मास्टर एकेडेमी, मास्टर इसिए, मास्टर क्रियटिभ, मास्टर एथलिट सबटाइटलका लागि बालकहरुबीच प्रतिस्पर्धा भइसकेको छ भने प्रतियोगिताको फाइनल विजेतालाई ट्रफी, मेडलसहित नगद १२ हजार द्वितीय र तृतीयलाई ट्रफीसहित क्रमशः नगद १० हजार र ७ हजार प्रदान गरिने छ । कार्यक्रममा रोहिया महर्जनकोे कोरियोग्राफी र मिस टिन नेपाल २०१२ आस्था श्रेष्ठको सह कोरियोग्राफी रहेको छ भने प्रतियोगिताको फाइनल आउँदो ६ मंसिरमा राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

Comments