सौन्दर्यकी वर्षा
screennepal
प्रकाशित: २०७१, २८ कार्तिक शुक्रबार
no img

सानै भूमिका भए पनि ‘नाइँ नभन्नू ल–२’ले वर्षा शिवाकोटीलाई राम्रैसँग परिचित गरायो । फिल्म रिलिजपछि उनी म्युजिक भिडियोमा बढी व्यस्त भइरहेकी छिन् । नृत्यमा रुचि भएकी वर्षाले कलेजको कार्यक्रममा देखाएको पर्फमेन्स हेरेर फिल्मकर्मीले नै उनलाई रंगिन दुनियाँतिर डो¥याएका थिए । केही महिनामै २५ भन्दा बढी भिडियोमा देखिएकी वर्षा दुइटा फिल्ममा अभिनेत्रीका रूपमा अनुबन्धित छिन् । फिल्म ‘रामलीला’ र नाम नजुरेको अर्काे फिल्ममा अभिनय गर्ने पक्का भएको उनले बताइन् । बैकिङ क्षेत्रलाई मुख्य पेशा बनाउने चाहनाअन्र्तगत बीबीए पढिरहेकी वर्षा दर्शकको प्रतिक्रियाले फिल्म क्षेत्रमा आफ्नो भविष्य निर्धारण गर्ने बताउँछिन् । ‘अहिलेसम्म राम्रै भनिरहनुभएको छ र भइरहेको छ त्यसैले काम गरिरहेकी छु,’ उनले भनिन् ।

तस्बिरः शिवलाल श्रेष्ठ, द तस्बिर स्टुडियो बागबजार ।

barsha siwakoti (1) barsha siwakoti (2) barsha siwakoti (3) barsha siwakoti (4) barsha siwakoti (5) barsha siwakoti (6)

Comments