आयो ‘नाइके’को गीत
screennepal
प्रकाशित: २०७१, २५ कार्तिक मंगलवार
no img

काठमाडौं । चलचित्र ‘नाइके’ को अडियो सार्वजनिक गरिएको छ । १९ मंसीरबाट रिलिज हुन लागेको चलचित्रको मंगलबार एक कार्यक्रमबीच अडियो रिलिज गरिएको हो । चलचित्रमा आर्यन सिग्देलको मुख्य भूमिका छ ।

aaryana-and-netra

तस्बिर : अनलाइन खबरबाट

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चर्चामा रहेका आर्यनलाई ‘नाइके’ मा ‘नाईके’कै भूमिकामा देखिने छन् । कार्यक्रम नायक आर्यनकै तारिफमा केन्द्रीत थियो । यस चलचित्रमा आर्यनलाई एक्सन भूमिकामा देखिने बताइएको छ । पहिलोपटक एक्शन भूमिकामा देखिन लागेका आर्यन पनि दंग देखिए ।
नेत्र गुरुङको निर्देशनमा बनेको यस चलचित्रको कार्यकारी निर्माता बिष्णु हमाल हुन् भने जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्री निर्माता रहेका छन् । चलचित्रमा ताराप्रकाश लिम्बु, रमन गायक र योगेश काजीको संगीत छ भने गायिका मलिना राई, योगेश काजी र रमन गायकले स्वर दिएका छन् ।

Comments