पंखे बन्दै निर्देशक सुर्दशन
screennepal
प्रकाशित: २०७१, २५ कार्तिक मंगलवार
no img
chanke

चलचित्र ‘चंखे शंखे पंखे युनिट । तस्बिर अनुप भट्टराई

काठमाडौं । निर्देशक तथा अभिनेता सुर्दशन थापाले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र ‘चंखे शंखे पंखे’ को उद्घोष गदैं निर्देशक थापाले स्व. निर्देशक आलोक नेम्वाङलाई सम्झिए । नेम्बाङले केही दिनअघि आफ्नै निवासमा आत्महत्या गरेका थिए । सुर्दशनले नेम्बाङसँग पछिल्लो समय चलचित्र ‘अझै पनि’ मा काम गरेका थिए, जुन चलचित्र फागुन दोस्रो साता रिलिज हुँदै छ । ‘चंखे शंखे पंखे’ सुर्दशनले छैठौं चलचित्र हो । चलचित्रमा उनी आफै पनि मुख्य कलाकारमा देखिनेछन् । निर्माणपक्षका अनुसार ‘चंखे शंखे पंखे’ कमेडी फर्मुलामा राष्ट्रप्रेम झल्कने गरी निर्माण हुनेछ ।

2

चलचित्रमा पंखेको भूमिकामा सुर्दशन देखिनेछन् भने चंखेको रोलमा सुवास थापा र शंखेको भूमिकामा नवकलाकार प्रेम पुरी देखिँदैछन् । चलचित्रमा नन्दिता केसी र पूजा शर्मा मुख्य भूमिकामा देखिन लागेका छन् । चलचित्रमा आफू फरक भूमिकामा देखिन लागेको नन्दिताले कार्यक्रममा बताइन् । चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, श्याम राई, ध्रुव कोइराला र रविन्द्र खड्काको पनि मुख्य भूमिकामा रहने बताइएको छ । बिहीबारदेखि छायांकन सुरु हुने भनिएको यस चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन्, जसले सुर्दशनको सहकार्यमा ‘मेरो एउटा साथी’मा काम गरिसकेका छन् । ‘चंखे शंखे पंखे’ मा संंगीतकार ताराप्रकाश लिम्बुको ३ वटा गीत रहने छ भने गोविन्द राईले नृत्य निर्देशन गर्दैछन् । द्धन्द निर्देशनको जिम्मा भने अष्ट महर्जनले लिएका छन् । चलचित्रको अनुमानित बजेट ८० लाख रुपैयाँ रहेको निर्माणपक्षले जनाएको छ । यो चलचित्र सन्तोष सेन ठकुरीको कम्पनी आसुसेन फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको हो ।

Comments