गीत बेचेर गाउँको विकास !
screennepal
प्रकाशित: २०७१, २२ कार्तिक शनिबार
no img

काठमाडौं। भनिन्छ, एल्बम बिक्रि नै छैन । संगीतमा लगानी गर्नु भनेको बालुवामा पानी खन्याएसहर हो । नेपाली संगीत बजारमा यस्तै हल्ला र वास्तविकता भइरहेको बेला  गीतकार पद्मा लिंखा मगरको पहिलो गीतिएल्बम ‘नजर’ को बिक्रीवितरणबाट संकलित रकम झुम्लावाङ गाउँ संस्थापना ‘जेभीएफ’लाई हस्तान्तरण गरिएको छ ।

Najar-rakam
निष्ठा म्युजिकले शनिबार राजधानीमा एक कार्यक्रमको गरी राष्ट्रगानका सर्जक व्याकुल माइलाले जेभीएफका कन्ट्री को–अर्डिनेटर पूर्णबहादुर बुढा मगरलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । जेभीएफकै कामको सिलसिलामा बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका मगर बैशाखी टेकेर कार्यक्रममा उपस्थित थिए । एक वर्षको अवधिमा गीति एल्बम बेचेर ७ लाख १३ हजार २ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको हो । हस्तान्तरित रकम जेभीएफद्वारा निर्माणाधीन झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रको कोषमा जाने जेभीएफको असिस्टेन्ट इन्टरनेसनल कोअर्डिनेटर कला कोयूले बताइन् ।
जेभीएफले रूकुम जिल्लाको झुम्लावाङलाई दिगो विकासको क्षेत्रमा ‘नमुना गाउँ’ बनाउनका लागि शिक्षा, स्वास्थ्य, सामाजिक–सांस्कृतिक तथा आर्थिक विकासको क्षेत्रमा स्वदेशी÷विदेशी स्वयंसेवकको सहकार्यबाट विभिन्न परियोजना सञ्चालन गरिरहेको छ ।
संखुवासभाको माम्लिङ जन्मघर भई झुम्लावाङ कर्मथलो भएकी गीतकार पद्मा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । उनले शुभकामना सन्देशमार्फत गाउँठाउँको विकासमा सहयोग पुगोस् भन्ने हेतुले ‘नजर’ एल्बम बजारमा ल्याएको उल्लेख गर्दै त्यसमा साथसहयोगका लागि आभार व्यक्त गरेकी छन् । एल्बममा राजेश थापाको सोलो संगीत छ । कार्यक्रममा बोल्दै संगीतकार थापाले ‘नजर’ एल्बमको माध्यमबाट गाउँको विकासमा टेवा पुग्नुका साथै आफ्नो सांगीतिक करिअरमा पनि ठूलो फड्को भएको सुनाए । एल्बममा संगीता राना, उदय सोताङ, राजेशपायल राई, रिमा गुरुङ होडा, स्वरुपराज आचार्य, अञ्जु पन्त र दीपक लिम्बूको स्वर समेटिएको छ ।

Comments