ऐश्वर्याको ४१औं जन्मदिन (फोटो फिचर)
screennepal
प्रकाशित: २०७१, १६ कार्तिक आईतवार
no img

aishwarya-rai

मुम्बई । पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४१ वर्षकी भइन् । उनले आफ्नो ४१औं जन्मदिन शनिबार सञ्चारकर्मीसित मनाइन् । पहिलो सन्तानको आमा बनेपछि फिल्म ‘जज्बा’ मार्फत बलिउडमा कम्ब्याक हुन लागेकी ऐश्वर्या आफ्नो जन्मदिनमा ब्ल्याक आउटफिट डेसमा पत्रकारमाझ उपस्थित भएकी थिइन् । उनले आफ्नो जन्मदिनको केक काटेपछि भनिन्, ‘फिल्म जज्बाबाट पुन कम्ब्याक हुँदैछु ।’ ऐश्वर्याले फिल्म ‘जज्बा’ बारे चर्चा गर्दै सो फिल्मले बलिउडमा एकपटक फेरि जम्ने आशय व्यक्त गरेकी थिइन् ।

5851_aishwarya-rai-b

5849_aishwarya-rai-b

ऐश्वर्याले केक काटेरै आफ्नो जन्मदिनको सेलिब्रेसशनको फर्मालिटी पूरा गरिन् । खाशगरी केक काट्नु उनका लागि सेलिब्रेसनको एउटा बहाना थियो । जन्मदिनका अवसरमा उनले आफ्नो अपकमिङ फिल्मबारे चर्चा गर्नुथियो । आफ्नो जन्मदिनमा निम्ताएका पत्रकारलाई ऐश्वर्याले पति अभिषेक बच्चनको फिल्म ‘ह्याप्पी न्यु ईयर’ सुपरहिट भएको जनाइन् । फिल्म ‘जज्बा’ भने हाल सुटिङ भइरहेको छ । ऐश्वर्याको जन्मदिनका अवसरमा ‘जज्बा’ का निर्देशक सञ्जय गुप्ताले ऐशकै लागि एक प्रि–म्याच्योर टिजर तयार गरेका छन् ।

5852_aishwarya-rai-b

एजेन्सीबाट

Comments