अर्पिताको विवाह भोजमा मोदीलाई निम्तो
screennepal
प्रकाशित: २०७१, १६ कार्तिक आईतवार
no img

मुम्बई । बलिउड स्टार सलमान खानले आफ्नी बहिनीको बिबाह समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएका छन् । प्रधानमन्त्री मोदीलाई विवाहको निम्तो दिन सलमान आफै पुगेको बताइएको छ ।

salman-modi-650-011414021911

फाइल तस्बिर/एजेन्सी

यसअघि मोदी अभिनेता धमेन्द्र र हेमा मालिनीको कान्छी छोरी अहानाको विवाह समारोहमा सामेल भएका थिए । तर, त्यतिबेला मोदी प्रधानमन्त्री पदमा थिएनन् । सलमानकी बहिनी अर्पिताको विबाह १८ नोभेम्बरमा हुने तय भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अर्पिताको हैदराबादको एक दरबारमा आयुषसँग विबाह हँदैछ । स्मरणीय कुरा, सोही दिन सलमानका बाबु सलिम अलि मिया खान र आमा सल्माको विवाहको ५०औं वर्षगाँठ पूरा हुँदैछ । त्यसले उक्त दिनलाई निकै धुमधाम साथ मनाउने तयारी गरिएको बताइएको छ । (एजेन्सी)

Comments