आफ्नै चलचित्र हेर्दा रसाए शिल्पाका आँखा (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, १० कार्तिक सोमबार
no img

lazza-press-show-fbशुक्रबारदेखि अल नेपाल रिलिज भएको चलचित्र ‘लज्जा’ ले सोमबार राजधानीको ग्वार्कोस्थित गुण सिनेमा हलमा ‘प्रेस सो’ ग¥यो । प्रेस सोमा पत्रकारहरुसँग बोल्दै चलचित्रले अपेक्षित भन्दा बढी कलेक्सन गरेको प्रस्तुतकर्ता छविराज ओझाले बताए । उनले ‘लज्जा’ ले तीन दिनमा ७८ लाख ५० हजारको आक्रमक कलेक्सन दावी गरे । चलचित्रले राजधानीका ११ वटा पर्दाबाट ४१ लाख ५० हजार र मोफसलका ५३ पर्दाबाट ३७ लाखको ब्यापार गरेको जनाइएको छ ।

lazza9
छविराज प्रोडक्सनको यस चलचित्रले लगानी उठाउन १ करोड ३० लाखको ब्यापार गर्नु पर्दछ । सोमबार चौथो दिन पनि लज्जाको व्यापार रेसियो उस्तै रहेको निर्माणपक्षले जनाएको छ । विशेषगरी चौथो दिनमा आइपुग्दा  मोफसलमा दर्शकको संख्या बढेको जनाइएको छ ।

l3
नारीप्रधान ‘लज्जा’ मा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भूमिकामा छन् । छविराज ओझको यस चलचित्रलाई रेखा थापाको अघिल्लो फिल्म ‘काली’ को व्यापारसँग तुलना गरिएको छ । चलचित्र हेर्न आर्यन सिग्देल र शिल्पा पोखरेल पनि गुण सिनेमा हल पुगेका थिए । आफ्नो पहिलो चलचित्र हेरिरँदा शिल्पाको आँखा रसाएको थियो । ‘म त रोए छु, आफैलाई हेरेर’ शिल्पाले पत्रकारसँग भनिन्, ‘दर्शकको उपस्थिति देख्दा उत्साहित छु ।’ नवल नेपाल  निर्देशित यस चलचित्रसँग ‘स्टुपिड मन’ र हिन्दी चलचित्र ‘ह्याप्पी न्यु इयर’ अहिले भिडिरहेका छन् ।
ki

तस्बिरहरु : फरककोण

Comments