ह्याप्पी न्यु ईयरसँग भिड्दै ‘लज्जा’ र ‘स्टुपिड मन’
screennepal
प्रकाशित: २०७१, ६ कार्तिक बिहीबार
no img

nepali-movies-lajja-poster-2

काठमाडौं । दीपावलीका अवसरमा शुक्रबारबाट तीन चलचित्र प्रदर्शन हुँदैछ । निर्माता छविराज ओझाको ‘लज्जा’, अभिनेता निरज बराल निर्मित ‘स्टुपिड मन’ र बलिउड अभिनेता शाहरुख खानको ‘ह्याप्पी न्यु ईयर’ बीच स्पर्धा गर्दैछन् । यी तीनै चलचित्र आ–आफ्नो ठाउँबाट सकेसम्म प्रचार गरिरहेका छन् ।

vdo stupid
नवल नेपाल निर्देशित ‘लज्जा’ नायिका शिल्पा पोखरेलका लागि विशेष चलचित्र हो । यसै चलचित्रका लागि शिल्पा एक वर्ष अन्य चलचित्रमा काम नगरी बसेकी थिइन् । उनले यसै चलचित्रले आफ्नो फिल्मी करिअर निर्धारण गर्ने बताएकी छन् । अर्को कुरा नवल नेपाल निर्देशित भएकाले दर्शकले पनि आशा गरेको चलचित्र हो, ‘लज्जा’ । नारी प्रधान चलचित्र ‘लज्जा’ मा शिल्पाका अलावा आर्यन सिग्देल, मिथिला शर्मा, हिउँवला गौतमलगायतको मुख्य अभिनय छ । शिल्पा यो चलचित्रमा तिरस्कृत नारीको भूमिकामा देखिँदैछिन् । चलचित्रमा चेतन सापकोटाको संगीत, किरण खरेलको गीत, कविराज गहतराज नृत्य, मदन कस्यप घिमिरेको छायांकन र चन्द्र पन्तको द्वन्द्व निर्देशन छ । छविराज प्रोडक्सनको ब्यानरमा यस चलचित्रलाई दीजेन्द्र शाक्यले निर्माण गरेका हुन ।

sharukh-gauri1
त्यस्तै, आफ्नो जीवनको लक्ष्य बिर्सिएर प्रेमको पछाडी लाग्ने युवायुवतीको अवस्थालाई चित्रण गरिएको चलचित्र ‘स्टुपिड मन’ले दर्शक पाउने अपेक्षा निर्माणपक्षको छ । दिवाकर भट्टराई निर्देशित यस चलचित्रमा जीवन लुईंटल, चाँदनी शर्मा, निरज बराल, रिजु श्रेष्ठ, मार्टिन खानलगायताके मुख्य भुमिका छ । यस चलचित्रलाई रंगपत्रकार सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् भने निर्माण विवेक शाहीको रहेको छ ।
यस्तै, बलिउड फिल्म ‘ह्याप्पी न्यु ईयर’ शाहरुख खानको पछिल्ले महत्वकांक्षी चलचित्र हो । यस चलचित्रका शाहरुखका साथै, उनकी पत्नी गौरी खान र उनीहरुका दुई वर्षीय कान्छा छोराले पनि अभिनय गरेका छन् ।

Comments