३६ लागेपछि नर्गिसले भनिन्, ‘हिरोइन हुने सोचै थिएन’
screennepal
प्रकाशित: २०७१, ४ कार्तिक मंगलवार
no img

मुम्बई । ‘रकस्टार’ हिरोइन नर्गिस फाखरीले आफू हिरोइन हुन्छु  भन्ने कहिल्यै नसोचेको बताएकी छन् । सोमबार ३५औं जन्मदिनका मनाइरहाँदा यी अभिनेत्रीले भनिन्, ‘हिरोइन बन्छु भन्ने त सोचेकै थिइन । तर, फिल्म ‘रकस्टार’ को पटकथा राम्रो लागेकाले अभिनय गर्न प्रेरित ग¥यो । आखिर उक्त फिल्मले मेरो सोचमै परिवर्तन गरिदियो ।’

122
किङफिशर मोडल नर्गिस बलिउडमा पाइला राख्नुअघि स्विम सुटमा सन् २००९ को क्यालेन्डरमा देखिएकी थिइन् । त्यतिखेर नर्गिसको सेक्सी नजरअन्दाजले कैयौंको ध्यान खिचेको थियो । हुन त नर्गिस मोडलिङ मन पराउँदिनन् । अहिलेसम्म जति मोडलिङ गरेकी छन्, त्यो सबै पैसाका लागि गरेकी हुन् । उनले भनिन्, ‘मन नपर्दा–नपर्दै पनि पैसाले गर्दा मोडलिङ अहिले मेरो प्रोफेसन बनेको छ ।’
फिल्म ‘रकस्टार’ मा रोमान्टिक अवतारमा देखिएकी नर्गिस आफ्नो दोस्रो फिल्म ‘मद्रास क्याफे’ मा एक्शन भूमिकामा देखिइन् । त्यसपछि फिल्म ‘मैं तेरा हिरो’ मा वरुण धवनको अपोजिट भूमिकामा देखिएकी नर्गिसलाई अभिनेता सलमान खानले आफ्नो फिल्ममा ‘आइटम गर्ल’ का रुपमा उतारे । सलमानको फिल्म ‘किक’ मा नर्गिसले गरेको ‘यार न मिले’ गीतमा गरेको आइटम नम्बर चर्चित बन्यो, जसले नर्गिस पनि रातारात चर्चामा आइन् । ‘किक’ मा नर्गिसले देखाएको ‘सेक्सी मुभ्स’ले दर्शक आकर्षित भए । सायद नर्गिसले सोचेकी पनि थिइनन्, त्यतिधेरै आइटमबाट उनले प्रशंसा पाइन् ।
नर्गिसको विशेषता भनेको लाज नमान्नु हो । उनी जतिसुकै बोल्ड हुन पनि सर्माउँदिनन् । नर्गिस बलिउडका सुन्दर अभिनेत्रीमध्ये पर्छिन् । नर्गिसले जति फिल्ममा काम गरेकी छन्, ती फिल्म हेर्नेहरु उनको अभिनय क्षमताभन्दा सुन्दरतालाई चर्चा गर्न चाहन्छन् ।

Comments