कतारमा घरदैलो देउसी–भैलो कार्यक्रम
screennepal
प्रकाशित: २०७१, २ कार्तिक आईतवार
no img

काठमाडौं । यसपालिको दीपावली अर्थात् तिहारमा कतारमा रहेका नेपाली दाजुभाईको घर–घर, कोठा कोठामा देउसी–भैलो कार्यक्रम हुँदै छ । नेपालीहरुको महान चाड तिहारलाई विदेशी माटोमा पनि रमझमका साथ मनाउने उद्देश्यले बाग्लुङ समाज कतारले घरदैलो देउसी भैलो कार्यक्रम गर्न लागेको हो । उक्त देउसी भैलोमा सहभागी हुन लागेकी चर्चित लोकगायिका देविका केसीले भनिन्, ‘विगतका वर्षमा पनि यहाँ देउसी भैलो कार्यक्रम हुन्थ्यो । तर, यसरी घरघरमा गएर देउसी खेल्ने गरिएको थिएन ।’ उनले थप्दै भनिन्, ‘तर यसपालि नेपालको गाउँघरमै जसरी नेपालीको घरदैलोमा देउसी खेल्ने कार्यक्रम बनाएका छौं ।’

debika kc

गायिका देविका केसी

देविकाका अनुसार अगस्ट २३, २४ र २५ तारिख तीन दिन देउसी भैलो खेल्ने कार्यक्रम तय भएको छ । यो कार्यक्रममा राष्ट्रिय कलाकार भने देविका मात्र सहभागी हुनेछिन् भने अन्य कतारमै बस्दै आएका नेपाली तथा कलाकार कार्यक्रममा सहभागी हुनेछन् । केही सातादेखि कतारमै बस्दै आएकी गायिका देविकाले अनलाइनमा कुरा गर्दै भनिन्, ‘यसपालि त कतारमा पनि तिहार रमाइलो हुने भयो ।’ यी गायिकाले दसैं पनि विदेसमै मनाएकी थिइन् । बेल्जियममा रहेका नेपालीसँग यसपालिको दसैं मनाएकी देविकाले कतारमा देउसी भैलो खेलेर तिहार मनाउन पाउँदा आफू उत्साहित रहेको बताइन् ।

Comments