रसिली रश्मी (तस्बिरहरु हेर्नुहोस्)
screennepal
प्रकाशित: २०७१, ३१ आश्विन शुक्रबार
no img

लोकदोहोरीका म्युजिक भिडियोमा रश्मी तामाङ चम्किने क्रममा छिन् । यसवर्षका तीजमा चर्चित नृत्यनिर्देशक शंकर बीसीसँग जोडी बाँध्ने अवसर पाइन् । केही वर्षदेखि अविच्छिन्न जोडी बनेकी पार्वतीसँग मनमुटाव हुँदा शंकरको रोजाइमा रश्मी परेकी हुन् । तर, रश्मीको नृत्यको जादु केही म्युजिक भिडियोमा त्यसअघि पनि देखिइसकेको थियो । हालसम्म सयभन्दा बढी म्युजिक भिडियोमा नाचेकी उनले फिल्म ‘ढुकुटी’मा आइटम डान्स गरेकी छन् । तामाङ फिल्म ‘थ्याक्को माने’की हिरोइन रश्मीलाई फिल्ममा अभिनय गर्ने रहर भने छैन । फिल्मका गीतमा आइटम गर्न रुचाउने उनी नृत्यसँग सम्बन्धित विधामा मात्रै आफूलाई प्रस्तुत गर्ने बताउँछिन् ।
तस्बिरः शिवलाल श्रेष्ठ (तस्बिर स्टुडियो, बागजार)

IMG_4196 copy IMG_4220 copy IMG_4224 copy IMG_4273 copy IMG_4290 copy IMG_4337 copy IMG_4345 copy

Comments