आफूले छाडेको फिल्मबाट अर्काेलाई फलिफाप
screennepal
प्रकाशित: २०७१, २९ आश्विन बुधबार
no img

बलिउडमा अभिनेता वा अभिनेत्रीले फिल्म छोड्नु नौलो कुरा होइन । तर, कहिलेकाहीँ उनीहरूले यस्ता फिल्म छोड्ने गल्ती गर्छन्, जसले अरूलाई ‘जिरोबाट हिरो’ बन्ने अवसर जुराइदिन्छ । फिल्म छोड्नेमा अग्रपंक्तिमा छिन्, करिना कपुर खान । उनले आफ्नो अभिनय करिअरमा धेरै हिट फिल्म छोड्ने गल्ती गरेकी छिन् ।
aishwarya-rai-wallpaper-12 सन् १९९९ को सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’ मा नन्दिनीको भूमिकाको प्रस्ताव पहिला करिनालाई गरिएको थियो । त्यतिबेला उनी बलिउडमा डेब्यू गर्नका लागि राम्रो फिल्मको खोजीमा थिइन् । तर, उनले सञ्जय लीला भन्सालीको फिल्म अस्वीकार गरिन् । यसपछि त्यस भूमिकामा ऐश्वर्या रायलाई लिइयो । यस फिल्मलाई ऐश्वर्याको करिअरको कोसेढुंगा मानिन्छ । मधुर भण्डारकरको फिल्म ‘हिरोइन’ बन्दा चाहिँ गर्भवती भएकाले फिल्मबाट ऐश्वर्या आउट भइन् र करिनाले प्रवेश पाइन् । यसरी करिनाले ऐश्वर्यासँग आफ्नो हिसाब मिलाइन् । यसबाहेक करिनाका हातबाट ‘कहो न प्यार है’ , ‘कल हो ना हो’, ‘फेशन’, ‘क्विन’ र ‘रामलीला’ जस्ता सुपरहिट फिल्म चिप्लेका थिए ।

‘दिल चाहता है’ आमिर खानको करिअरको उम्दा फिल्म हो । तर, उनीअघि यो भूमिकाका लागि ऋतिक रोशनलाई प्रस्ताव गरिएको थियो । तर, उनले अस्वीकार गरे । यस फिल्मलाई आमिर खान र सैफ अली खानको करिअरको ‘टर्निङ प्वाइन्ट’ मानिन्छ ।

‘मुन्ना भाइ एमबीबीएस’ फिल्मबाट सञ्जय दत्त बलिउडमा कमेडियनका रूपमा आफ्नो नयाँ पहिचान स्थापित गर्न सफल भए । त्यस फिल्मका लागि पहिला शाहरूख खानलाई भनिएको थियो । तर, फिल्मका कथा मन नपरेकाले शाहरूखले यो भूमिका गर्न चाहेनन् ।

रणवीर कपुर, प्रियंका चोपडाजस्ता स्टार रहेको ‘अफबिट’ र हिट फिल्म ‘बर्फी’ मा इलियाना डिक्रुजको भूमिकाका लागि कट्रिना कैफलाई प्रस्ताव गरिएको थियो । तर, कट्रिनाले ‘साइड रोल’ गर्न अस्वीकार गरिन् । फिल्मले अवार्ड हात पारेपछि कट्रिना दुःखी भएकी थिइन् ।

कंगना रनोटको फिल्म ‘क्विन’ले बलिउडमा सफलता हात पा¥यो । कंगनाले पनि खूब प्रशंसा बटुलिन् । तर, उनले त्यो प्रशंसा धेरै पहिला बटुलिसक्थिन्, ‘द डर्टी पिक्चर’ स्वीकार गरेको भए । ‘द डर्टी पिक्चर’को विद्या बालनका भूमिका पहिला कंगनाले पाएकी थिइन् । कंगनाका अनुसार यो भूमिका उनलाई आफ्नो ‘स्ट्यान्डर्ड’अनुसार लागेन । तर, यसै फिल्मले विद्यालाई बलिउडका टप अभिनेत्रीका गन्तीमा उभ्याएको थियो ।

काजोलले आफ्नो अभिनय करिअरमा धेरै सुपरहिट फिल्म दिएकी छिन् । उनी बलिउडका सफल अभिनेत्रीमध्ये एक हुन् । तर, केही राम्रो फिल्म छोड्ने गल्ती उनले पनि गरेकी छिन् । उनले गरेको सबैभन्दा ठूलो गल्ती फिल्म ‘थ्री इडियट्स’ हो । काजोलले नगर्ने भएपछि त्यो भूमिकामा करिनाले काम गरेकी थिइन् ।

बलिउडको सदाबहार फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ का निर्देशकको पहिलो रोजाइ सैफ अली खान थिए । सैफले ‘नो’ भनेपछि फिल्म शाहरूखको खातामा गएको थियो । फिल्म शाहरूखको करिअरमा कोसेढुंगा साबित भयो । यसबाट उनको बलिउडमा रोमान्टिक अभिनेताको छवि बन्यो र फिल्मले प्रशस्तै अवार्ड पनि हात पा¥यो् ।

‘कि…कि…कि…किरन’ भन्नेबित्तिकै दर्शकको आँखाअगाडि शाहरूखको अनुहार घुम्छ । सनी देओल, जुही चावलाजस्ता स्टार रहेको फिल्म हो ‘डर’ । जसमा शाहरूख सहकलाकारको भूमिकामा थिए । फिल्ममा उनले जुहीलाई ‘कि…कि…कि…किरन’ भन्थे । शाहरूखको भूमिका र अभिनय यति वजनदार थियो कि यसले सनी देओललाई छायामा पा¥यो । धेरै कमलाई थाहा छ, यस भूमिकाका लागि पहिला आमिर खानलाई भनिएको थियो । तर, नकारात्मक भूमिका र फिल्ममा अर्को अभिनेता पनि भएकाले आमिरले खेल्न मानेनन् ।

अर्काले अस्वीकार गरेका फिल्मले शाहरूखलाई सुपरस्टार बनाइदियो । ‘बाजीगर’ पनि शाहरूख खानको करिअरको उम्दा फिल्म हो । उनीअघि फिल्ममा सलमान खानलाई लिइएको थियो । तर, सलमानले खासै रुचि देखाएनन् । पछि सलमानले ‘कल हो ना हो’, ‘चक दे इन्डिया’ फिल्म खेल्न पनि अस्वीकार गरे ।

सन् १९९४ मा ऐश्वर्याले विश्वसुन्दरीको उपाधि जितेकी थिइन् । सन् १९९६ मा उनलाई फिल्मको प्रस्ताव गरिएको थियो । तर, त्यतिबेला असमञ्जसको स्थितिमा भएकाले उनले फिल्म खेल्ने निर्णय गर्न सकिनन् । र, फिल्म ‘राजा हिन्दुस्तानी’को भूमिका करिश्मा कपुरलाई दिइयो । जो सुपरहिट भयो । यसबाहेक फिल्म ‘कोई मिल गया’ मा पनि पनि उनले ऋतिकसँग काम गर्न अस्वीकार गरेपछि त्यो भूमिकामा प्रिटी जिन्टालाई राखिएको थियो ।

Comments