ट्रेलरमा यस्तो देखिन्छ ‘श्री ५ अम्बरे’
screennepal
प्रकाशित: २०७१, २९ आश्विन बुधबार
no img

काठमाडौं । फिल्म ‘अन्तराल’ मार्फत निर्देशन थालेकी दीपा बस्नेतको दोस्रो फिल्म ‘श्री ५ अम्बरे’को ट्रेलर रिलिज गरिएको छ । आफूलाई शक्तिकेन्द्र बनाउन चाहने मानवीय स्वभावलाई लिएर बनाइएको फिल्मको दुई मिनेटको ट्रेलरमा बाल मनोबिज्ञान, प्रेम, एक्सन र हाँस्य विषयलाई महत्व दिइएको देखिएको छ ।
पहिलो फिल्मबाटै एनएफडिसी उत्कृष्ट निर्देशकबाट अवार्डेड दीपाले सामाजिक विषयलाई फिल्मांकन गर्ने क्रमलाई निरन्तरता दिएको फिल्मको ट्रेलर झल्काउँछ । यसअघि उनले निर्देशन गरेको फिल्म ‘अन्तराल’मा पनि युवाको मनोबिज्ञान प्रस्तुत गरेकी थिइन् ।
‘श्री ५ अम्बरे’मा सौगात मल्ल, केकी अधिकारी, विक्रम सिंह, राजा गोदाईली, अविरल अधिकारी र सफलता भट्टराई मुख्य भूमिकामा छन् भने प्रियंका कार्कीले पनि अभिनय गरेकी छिन् ।
यसअघि सार्वजनिक भएका यसका गीतले पनि राम्रो छाप छाडेका छन् । जिवनसाथी फिल्मस्को व्यानरमा बनेको फिल्म टिएन आचार्य र दिपक आचार्यले मिलेर निर्माण गरेका हुन् । फिल्म मंसिर ५ गते प्रदर्शन हु“दैछ । फिल्म यो वर्षको आशालाग्दो फिल्ममध्य एउटा हो ।
ट्रेलर हेर्नुहोस्

http://www.youtube.com/watch?v=__ZVlA8zhFk

Comments