रहेनन् जनकवि केशरी धर्मराज थापा
screennepal
प्रकाशित: २०७१, २८ आश्विन मंगलवार
no img

काठमाडौ । जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखी अस्वस्थ रहँदै आएका थापाको स्वयम्भु स्थित निवासमै निधन भएको थियो । अन्तिम श्रद्धान्जलिका लागि उनको शब मंगलवार प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ ।

dharmaraj_thapa1बिक्रम संवत १९८१ साउनमा पोखराको बाटुलेचौरमा जन्मिएका थापाका थुपै्र गीत चर्चित छन् । हरियो डाडा माथी हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनिया ब्युझाउन, प्रजातन्त्रको काफल जस्ता गीत गाएका थिए ।

उनका प्राय गीतमा गाउँको जनजीबन भेटिन्थ्यो । गाउँ ठाउँका शब्दहरु बटुल्दै उखान टुक्का जोडेर गीत बनाउन सिपालु थापा गाउँका स्रोताका विचमा चर्चित थिए तत्कालिन समयमा । जनताका गायकका रुपमा लोकपि्रय हुँदै गएका थापालाई २०१३ सालमा राजा महेन्द्रले जनकवि केसरीको उपाधि दिएका थिए ।

नेपालको मौलिक बाजा सारंगीलाइ विश्वमा परिचित गराउने ब्यक्ति थापा नै हुन् । नेपाली लोक संगीत, लोक संस्कृति र लोकजीबनको अध्ययनमा जुटेका थापा गीत खोज्नकै लागि गाउँ गाउँ धाएनन् मात्रै लोकसंगीतको प्रचारमा समेत जुटे । गन्धर्ब संस्कृतिलाइ मुलुकभर चिनाउन पनि धापाको योगदान थियो ।

जनकबि भनेर चिनिने थापा क्रान्तीकारी पनि थिए । तत्कालीन सामन्ती संस्कारको बिरुद्ध उनले आन्दोलन गरे वापत जेल समेत परे । २००८ सालमा कर्मचारीलाइ उक्साएर हडताल गरेको अभियोगमा गोरखापत्रको मुखिया पदको उनको जागीर खोसुवामा परेको थियो ।

उनि डाक्टर के आइ सिंहले गरेको बिद्रोहमा पनि सहभागी थिए । सिंहको बिद्रोहमा सरिक भएको अभियोगमा तत्कालिन सरकारले उनलाइ ३० दिन जेल हालेको थियो । जेलवाट छुटेपछि भारतको देहरादुन, आसाम, दार्जीलीङ, सिक्किम लगायतका ठाउँमा लोक गीत खोज्दै गाएका पनि थिए ।

सोही क्रममा उनले कलकत्तामा रहेको एचएमभी कम्पनिमा धुरुधुरु नरोउ आमा, झमझम परेली, हाम्रो तेन्जिङ शेर्पाले लगायतका गीत गाएका थिए ।

 

Comments