सानेपाकी सुरमा नयाँ ‘लिटिल नेवा’ (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७१, २७ आश्विन सोमबार
no img

IMG_0726
काठमाडौं । नवौ मिस लिटिल नेवाको उपाधि सानेपाकी सुरमा डंगोलले जितेकी छन् । आइतबार राजधानीमा सम्पन्न प्रतियोगितामा आफ्ना २० स्पर्धीलाई उछिन्दै सुरमाले उपाधि जितेका हुन् । उनलाई पच्छयाउँदै मुस्कान चित्रकार फस्ट रनरअप र लुनिभा तुलाधर सेकेन्ड रनरअप भए । सुरमाले ताजसँगै १० हजार रुपैयाँ तथा विभिन्न उपहार पाइन् ।

IMG_0349
नयाँ पुस्तामा मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने उद्देश्यका साथ ९ वर्षदेखि नेप्लीज फेसन होमले आयोजना गर्दै आएको प्रतियोगितामा मिस ट्यालेन्टको उपाधि आरसिया मानन्धरले जितिन् । अविज्ञ शाक्यले बेस्ट नेपाल भाषा, प्रकृति मानन्धरले बेस्ट ड्रेस र मिस फ्रेन्डसिप, शुभेच्छा महर्जनले मिस फोटोजेनिक, कसिस शाक्यले मिस डिसिप्लिन, सोनिया शाक्यले मिस चार्मिङ, प्रतिष्ठा शाक्यले मिस पर्सनालिटी, केसाङ छोतेन शाहीले बेस्ट स्किन, नम्रता शाक्यले बेस्ट स्माइल र सिवन ग्रेस महर्जनले मिस इनोसेन्टको उपाधि पाए ।

IMG_0694
प्रतियोगितामा सहभागीले विभिन्न राउन्डमा नेवारी भाषा, वेषभूषा र संस्कृति प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक प्रवेशमान शाक्य, पूर्वमिस नेवाःहरु सुनिता डंगोल, सुविता प्रधान, सुप्रिया तुलाधर, सुविना श्रेष्ठ, एलिशा बज्राचार्य, मिस प्रिन्सेस रुस्मिता शाही, बुटिक एसोसिएसनका अध्यक्ष उज्ज्वल कृष्ण श्रेष्ठ, नमुना कलेज अफ फेसन टेक्नलजीका उप–प्रमुख जिवेश्वरलाल श्रेष्ठलगायत निर्णायक मण्डल रहेका थिए ।

IMG_0355

IMG_0585

Comments