रुपकुमारले ल्याए ‘गुन्द्रुक किनामा’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७१, २७ आश्विन सोमबार
no img

काठमाडौं । गायक रुपकुमार राईलले आफ्नो नयाँ गीतको म्युजिक भिडियो रिलिज गरेका छन् । गायक राईले आफ्नो तेस्रो एल्बम ‘सार’ को ‘गुन्दु्रक किनामा’ बोलको गीतको भिडियो यु–ट्युबलगायत विभिन्न टेलिभिजन च्यानलमार्फत् रिलिज गरेका हुन् । सुरज श्रेष्ठले निर्देशन गरेको सो म्युजिक भिडियोमा नायिका हर्षिका श्रेष्ठ र नर्भिक राईले मोडलिङ गरेका छन् । भुपाल राईको शब्द तथा संगीत रहेको ‘गुन्द्रुक किनामा’ गीतमा गाउँघरको टिपिकल भाषा प्रयोग गरिएको छ । सोही अनुरुप भिडियो पनि निर्माण गरिएको छ । हेर्नुस् भिडियो ।

Comments