पोषण कार्यक्रमका लागि आमिर खान काठमाडौंमा
screennepal
प्रकाशित: २०७१, २१ आश्विन मंगलवार
no img

Aamir-Khan-12काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन् । दुई दिने भ्रमणका लागि आज नेपाल आएका हुन् ।

उनी जेट एयरवेजको विमानबाट आज दिउसो  ६ जना सुरक्षा गार्डसहित त्रिभुवन बिमानस्थल ओलिर्एका हुन् ।

उनी अहिले काठमाडौंस्थित द्वारिकाज होटलमा बसेको बताइएको छ । उनी भोलि लुम्बिनी भ्रमणका लागि जाने बताइएको छ ।

युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी कपिलवस्तु जान लागेका हुन् । कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना गरिएको तथ्यांक प्रस्तुतिकरण कार्यक्रममा उनी सहभागी बन्न लागेका हुन् ।

उनले पकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधी अवलोकन गर्नेछन ।

खानलाई युनिसेफले यहाँ ल्याउन लागेको हो । उनी बुधबार विहान यति एयरको चार्टड जहाजबाट भैरहवा आउने बताइएको छ । भैरहवाबाट गाडीमा यहाँ आउँदा विहानको खाजा कार्यक्रम लुम्बिनीमा राखिएको छ । विहान १० देखि १२ बजे सम्म २ घण्टा कार्यक्रममा सहभागी भई उनी र्फकने कार्यक्रम रहेको छ ।

खान युनिसेफका सदभावना दुत हुन् । युनिसेफका अधिकारी २ दिन देखि पकडीमा बसेर कार्यक्रमको तयारी गरिरहेका छन् ।

खानको कार्यक्रममा संचारकर्मीलाई प्रबेश नदिन युनिसेफका पदाधिकारीले जिल्ला स्थित सुरक्षा अधिकारीलाई आग्रह गरेका छन् ।

त्यसअनुरुप ब्यवस्था गरिएको सुरक्षा अधिकारीले बताए । खान आउने भएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ ।
केही समयअघि मात्रै उनी अभिनीत फिल्म ‘धुम ३’ले बलिउडमा रेकर्ड कायम गरेको थियो ।

 

Comments