दशैंको शुभसाइतमा ‘होस्टेल रिटन्र्स’को मुहूर्त
screennepal
प्रकाशित: २०७१, १४ आश्विन मंगलवार
no img

काठमाडौं । अघिल्लो वर्षको हिट फिल्म ‘होस्टेल’को सिक्वेल ‘होस्टेल रिटन्र्स’कोे सोमबार कमलादी गणेश मन्दिरमा मुहूर्त गरिएको छ ।
यसअघि ‘लभ नम्बर’ बनाउने घोषणा गरेका निर्माता सुनिल रावलले त्यसलाई पछि सार्दै यो प्रोजेक्टलाई अघि बढाउने निर्णय गरेका हुन् । फिल्मको निर्देशनको जिम्मा ‘लभ नम्बर’कै सुरज भुसाललाई दिइएको छ । भुसालले यसअघि ‘मौन’ निर्देशन गरेका थिए ।
‘प्रविधि र मौसमले लभ नम्बर बनाउन साथ नदिएपछि दसैंको शुभकामनासहित होस्टेल रिटन्र्स बनाउन लागेकोे हुँ,’ रावलले भने ।
निर्देशक भुसालका अनुसार फिल्मले इन्जिनियरिङ र होस्टेल जीवनशैलीको चित्रण गर्नेछ । सुशील श्रेष्ठ, सुशील सिटौला, शशि श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, शिव श्रेष्ठ, अभय बराल, रोयदीप श्रेष्ठ, प्रदीप चौधरी, नाजिर हुसेन, दिया मास्के, इभान जोशी र निर्मल शर्माले यसमा अभिनय गर्नेछन् ।
अभिनेत्रीhostelस्वस्तिमाले भनिन्, ‘फिल्म खेल्नुभन्दा पनि चलेको ब्यानर र निर्देशकसँग काम गर्न पाउनु महŒवपूर्ण हो ।’ अभिनेत्री शशिले पनि राम्रो ब्यानरसँग काम गर्न पाएकोमा खुसी लागेको बताइन् ।

संगीतकार तथा रक ब्यान्ड स्याडोजका गायक स्वप्निल शर्माले रक र लोक स्वादलाई फिल्ममा समेटिने जनाए । हरि हुमागाईंले खिच्ने फिल्ममको सुटिङ असोज २१ मा बुटवलबाट सुरु हुनेछ ।
फिल्म २० दिनमै खिचेर सक्ने लक्ष्य राखिएको छ ।

 

Comments