सौन्दर्यमा सातामै ३० हजार पाउन्ड खर्च
screennepal
प्रकाशित: २०७१, १३ आश्विन सोमबार
no img

Rihanna-CFDA

लन्डन । आर एन्ड बी स्टार रिहानाबारे नयाँ खुलासा भएको छ । समाचारमा जनाइएअनुसार यी गायिका तथा अभिनेत्रीले आफ्नो सुन्दरताका लागि मात्र सातामा ३० हजार पाउन्ड खर्च गर्छिन् । ‘डायमन्ड्स’बाट चर्चित २६ वर्षीया यी गायिकाले सौन्दर्य विशेषज्ञको समेत सेवा लिने गरेकी छन, जसमा छाला विशेषज्ञ, टेनर, आँखाको सौन्दर्यसम्बन्धी छन् । रिहानालाई जतिखेर आवश्यक पर्छ, त्यतिखेरै विशेषज्ञ घरमै उपस्थित हुने जनाइएको छ ।
समाचमारमा जनाइएअनुसार आँखाको सौन्दर्यसम्बन्धी विशेषज्ञ सातामा सातै दिन उपलब्ध हुन्छन् । यो रिहानाका लागि सामान्य कुरा हो, किनकि, राति भ्रमणमा निस्किनु पहिले उनी ११ बजे राति विशेषज्ञ बोलाउँछन् । अनि उनी सौन्दर्यका केही प्रसाधन  विधिबारे जानकारी लिन्छिन् । जसमा छालाका लागि लेजर स्किन टाइटनिङ विधि, ओक्सिजन फेशियल, फोटो फेशियल र वैम्पायर फेशियलबारे बढी जानकारी लिने गरेकी छन् । –एजेन्सीबाट

Comments