प्रहरी अधिकृत र साहित्यकारले हेरे ‘निशानी’
screennepal
प्रकाशित: २०७१, १० आश्विन शुक्रबार
no img
nnn

गोपीकृष्ण हल परिसरमा फिल्म निशानी टीमसँग सािहत्यकार खगेन्द्र संगौलालगायत ।

काठमाडौं । चलचित्र ‘निशानी’ हेर्न बिहीबार सशस्त्र प्रहरीका अधिकृत, हित्यकारलगायत विभिन्न व्यक्तित्व गोपीकृष्ण सिनेमा हल पुगे । ‘निशानी’ हेरिसकेपछि उनीहरुले भने, ‘चलचित्र त गजबकै रहेछ । चलचित्र भनेको यस्तो हुनुपर्छ ।’

चलचित्र ‘निशानी’ हेर्न सशस्त्र प्रहरीका डिआइजी देबेन्द्र सुब्बा, साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला, हरिहर तिमिल्सिना, इतिहासकार दिनेशराज पन्तलगायत गोपीकृष्ण पुगेका थिए । उनीहरुले ओम हलमा कलाकार प्र्रेम सुब्बा, नायिका अनु गुरुङ, निर्देशक विनोद सेरेङलगायतका ‘निशानी’ युनिटसँग चलचित्र हेरेका थिए । चलचित्र हेरिसकेपछि डिआइजी देबेन्द्रले भने, ‘चलचित्र यर्थातपरक लाग्यो । चलचित्रले नेपाली मौलिकतासँगै गोर्खालीको इतिहास समेटेको रहेछ । मलाई राम्रो लाग्यो ।’
त्यस्तै, साहित्यकार संग्रौलाले पनि आफूलाई ‘निशानी’ मन परेको बताए । ‘चलचित्रले बिर गोर्खालीको इतिहास त बोलेको छ नै, त्यसबाहेक जातीय पहिचान र मौलिकता पनि उजागर गरेको रहेछ’ संग्रौलाले भने, ‘मलाई हरेक दृष्टिकोणमा चलचित्र राम्रो लाग्यो ।’
निर्देशक विनोद सेरेङको लेखन÷निर्देशन रहेको ‘निशानी’ मा सन् १९९९ मा भएको खालुवार ‘कारगिल युद्ध’ मा गोर्खा फौजले देखाएको बहादुरीलाई चित्रण गरिएको छ । सत्य घटनामा आधारित चलचित्रमा प्रेम सुब्बा, सरोज भण्डारी र ललिता धौभडेल ‘सेरेङ’ले निर्माण गरेका हुन् । यो चलचित्र अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको हो । निर्देशक सेरेङका अनुसार राजधानीमा ६ र बाग्लुङ, पूर्वको बेलबारी, विराट चोक, पाँचथरलगायतका सिनेमा हलमा रिलिज भइरहेको छ ।

Comments