माल्भिकाको फिल्मी कुुरा ‘अभिनय मेरो लागि होइन’
screennepal
प्रकाशित: २०७१, ५ आश्विन आईतवार
no img

 

10566592_718781924856870_1587785516_n

फिल्म ‘हाउ फन्नी’ टिम

काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बा फिल्मी क्षेत्रमा प्रवेश गरेकी छन् । तर, फिल्मी क्षेत्रमा प्रवेश गरेपनि अभिनय आफ्नो लागि नभएको उनले बताएकी छन् । उनी कार्यकारी निर्माता रहेको फिल्म ‘हाउ फन्नी’ को घोषणा कार्यक्रममा यस्तो बताइकी हुन् । फिल्मको आइतबार राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल -याडिसनमा एक कार्यक्रमबीच घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै पूर्वसुन्दरी माल्भिकाले भनिन्, ‘फिल्मी क्षेत्र प्रवेश गरेको भएपनि अभिनय मेरा लागि होइन ।’

10581566_718781928190203_1697340726_n

निर्देशक निलु डोमा शेर्पा

‘टिनी बट बिग पिक्चर्सको ब्यानरमा घोषणा गरिएको फिल्मलाई निलु डोमा शेर्पाले निर्देशन गर्ने भएकी छन् । फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, केकी अधिकारी, प्रियंका कार्की र निशा अधिकारी मुख्य भूमिका रहने जनाइएको छ । फिल्मको छायांकन मंसिरको पहिलो साताबाट सुरु हुने निर्माणपक्षले जनाएको छ । एक धनाढ्य परिवारकी छोरी हराएसँगै सुरु हुने फिल्ममा प्रियंका र केकी अधिकारी जासुसका रुपमा देखिनेछन् । उनीहरुले हराएकी केटीको खोजी गर्नेछन् । खोजी कार्य रमाइलो तवरले हुने कार्यकारी निर्मात्री माल्भिकाले बताइन् । उनका अनुसार उपलब्ध सबैखाले स्रोत, साधन र शक्तिको उपयोगपछि पनि हराएकी युवतीको अत्तोपत्तो नलागेपछि परम्परागत सुत्रलाई छाडेर केही फरक बाटो अपनाइने छ ।

फिल्ममा पिंयंका र केकी विल्कुलै नयाँ अवतारमा देखिने जनाइएको छ । फिल्ममा कथा र परिकल्पना निलु डोमा शेर्पा, लेखन शान बस्न्यात, निर्माता आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा रहेका छन् ।

Comments