पिट–जोलीको २५ करोड पाउण्डको जहाज
screennepal
प्रकाशित: २०७१, ३ आश्विन शुक्रबार
no img

लस एन्जलस । एक महिनाअघि औपचारिक बिहे गरेका हलिउडका चर्चित अभिनेता ब्रान्ड पिट र उनकी पत्नी अभिनेत्री एन्जेलिना जोलीले २५ करोड पाउन्डमा एक आलिशान जहाज खरिद गरेका छन् । करिब सात वर्ष लामो ‘लिभिङ रिलिसनसीप’ लाई विवाहमा परिणत गरेलगत्तै यी चर्चित दम्पतीले जहाज किनेका हुन् । सो जहाजलाई नयाँस्वरुप दिने भएका छन् ।

brad-pitt-angelina-jolie_1
समाचारमा जनाइएअनुसार पानीमा तैरने आलिशान जहाजको मर्मत र साजसज्जा इटालियन जहाज निर्माता रिज्र्जादीले गर्ने भएको छ । उनीहरु जहाजमा डिजिटल क्यामेरा जोड्दैछन्, जसले सम्भावित दुर्घटना र घुसपैठबाट बच्च सकिओस् भन्ने उनीहरुको ध्येय हो ।
यस्तै, यी दम्पती लामो समयपछि एउटै फिल्ममा देखिँदैछन । उनीहरु फिल्म ‘बाई द सी’ मा सँगै देखिन लागेका हुन् । फिल्म एक महिलाको जीवनमा आइपर्ने उताव–चढावमा आधारित हुने बताइएको छ । ‘बाइ द सी’ जोली र पिटको बिवाहपछिको पहिलो फिल्म हो ।
जोली र पिट सन् २००५ मा फिल्म ‘मिस्टर एन्ड मिसेज स्मिथ’ मा देखिएका थिए । बिवाहपछि उनीहरुलाई एउटै पर्दामा ल्याउने काम अरु कसैले गरेका हैनन्, जोली–पिटले नै फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्म ‘बाइ द सी’ मा पटकथा तथा निर्देशन जोलीकै रहने छ । यस फिल्मको कथा फ्रान्सको १९७० को दशकको हो, जसमा जोली नर्तकी वनेसाको भूमिकामा देखिने छिन् भने पिट अमेरिकी लेखक ।

Comments