एकादेशमा २७ देशका ६९ चलचित्र
screennepal
प्रकाशित: २०७१, २ आश्विन बिहीबार
no img

काठमाडौं । छोटा चलचित्रहरुको महोत्सव ‘एकादेशमा’ को तेस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । ५ गतेसम्म राजधानीस्थित कुमारी सिनेमा घर कमलपोखरीमा हुने महोत्सवमा २७ देशका ६९ छोटा चलचित्र प्रदर्शन हुनेछन् ।

chota
महोत्सवमा नयाँदेखि स्थापित चलचित्रकर्मीको बालबालिकाका कथादेखि सामाजिक विषय बोकेका कम्बोडियादेखि अमेरिका सम्मका चलचित्रको अनुभव लिन सक्नेछन् ।
आयाजक अण्डरग्राउण्ड टकिजका अनुसार महोत्सवमा ‘सुनको माला’ अन्तर्गत चलचित्रसँग सम्बन्धित कलाकार, निर्माता, निर्देशक, सम्पादक, छायाकारलगायतसँग अन्तक्र्रिया गराइने जनाइएको छ । महोत्सवमा सहभागी ६९ मध्ये १७ नेपाली चलचित्र हुनेछन् । अन्य ५२ चलचित्र विदेशी रहेका छन् । यस्तै, महोत्सवमा १७ चलचित्रको वल्र्ड प्रिमियर र ५२ नेपाल प्रिमियर हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटनका दिन नेपाली चलचित्र ‘काफल पाक्यो’ को प्रिमियर गरिने जनाइएको छ । यस चलचित्रको निर्देशन निराजनराज भेटवालले गरेका हन् भने सोही दिन जर्मनीको फ्लोरियन वेटमेन निर्देशित ‘वार्रपेड’ र भारतीय चलचित्र ‘तमास’ को पनि प्रिमियर हुने बताइएको छ । महोेत्सव समापन पनि नेपाली र जर्मनी चलचित्रबाटै हुने भएको छ । उक्त दिन जर्मनीको ‘कल हर लोट्ट’ र कला संग्रौला निर्देशति नेपाली चलचित्र ‘बुट्टे जामा’ देखाइने आयोजकले जनाएको छ ।

 

Comments