‘तिमीलाई खुसी मिल्छ भने…’ (भिडियो हेर्नुुस्)
screennepal
प्रकाशित: २०७१, २८ भाद्र शनिबार
no img
3333

गायक उजन नेम्बाङ

काठमाडौं । तपाईंहरुलाई खुसी मिले पनि नमिले पनि एकपटक हेर्नुहोला । तर, गायक उजन नेम्बाङ भने श्रोता दर्शकमाझ आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गर्न पाउँदा खुसी छन् । उनले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेम्बाङले आफ्नो पाँचौ एल्बम ‘तस्बिर’ को ‘तिमीलाई खुसी मिल्छ भने…’ गीतको भिडियो विभिन्न टेलिभिजन र यु–ट्युबमार्फत रिलिज गरेका हुन् ।
गायक नेम्बाङलाई गायिका रजिना रिमालले स्वरमा साथ दिएकी छन् । बसन्त निरौलाले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता सुमन सिंह र निशाले मोडलिङ गरेका छन् । रोशनकुमार लामाको संगीत रहेको ‘तिमीलाई खुसी मिल्छ भने’ गीतको शब्द गायक नेम्बाङकै हो । २०६० सालमा ‘पे्रmन्डसीप’ नामक गीति एल्बम ल्याएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका नेम्बाङले ‘अन्तराल’ र ‘तनाव’ पछि ‘तस्बिर’ ल्याएका हुन् ।

Comments