सरस्वतीनगर बासीलाई रमेशले आफूसँगै नचाए
screennepal
प्रकाशित: २०७१, २२ भाद्र आईतवार
no img

ramesh 3

काठमाडौं । गायक रमेश बखिम राईले सरस्वतीनगर बासीलाई राम्रै नचाए । ‘यो आँखाले त्यो आँखा’ गाइरहँदा दर्शक चुप लागेर बस्न सकेनन् । सांगीतिक माहोल तातिरहेकै बेला रमेश प्रस्तुत गर ‘गाई चटारिन्छ, तरुनी देख्दा मन बटारिन्छ ।’ जोशमा आएका युवा–दर्शकलाई केही नै चााहियो ? रमेशसँगै उनीहरु चटारिन थाले ।
प्रशंग ‘रमेश राई सांस्कृतिक साँझ–२०७१’ को हो, जहाँ गायक रमेशले ‘गाई चटारिन्छ’लगायत करिब एक दर्जन आफ्ना गीत प्रस्तुत गरेका थिए । सरस्वतीनगरस्थित गोल्डेन पिक हाइस्कुलमा आयोजित कार्यक्रममा सयौं दर्शक ओइरिएका थिए ।

ramesh 1
अशक्त तथा पिछाडिएका श्रमिक महिलाको सहयोगार्थ आयोजित ‘रमेश राई सांस्कृतिक साँझ’ कार्यक्रममा दिपेन गुरुङलगायतका कलाकारले पनि आफ्नो प्रस्तुत पस्केका थिए भने कार्यक्रममा झरना कला केन्द्रका कलाकारले नृत्य देखाएका थिए । ‘गाई चटारिन्छ’ रमेशको पछिल्लो गीत हो । उनका ओ मिस, यो आँखाले त्यो आँखा, माया जिन्दाबादलगायतका एक दर्जनबढी चर्चित गीत छन् । कार्यक्रममा विभिन्न कलाकार तथा स्रष्टालाई सम्मान गरिएको थियो ।

ramesh2

Comments