मण्डलामा ‘मन्डे मुभिज’
screennepal
प्रकाशित: २०७१, २२ भाद्र आईतवार
no img

The Song of Sparrowsकाठमाडौं । समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डिजिनियस फिल्म आर्काभको संयुक्त आयोजनामा सोमबारदेखिा ‘मन्डे मुभिज’ नामक कार्यक्रम हुँदैछ । कार्यक्रमको पहिलो चरणमा इरानी फिल्म ‘द सङ्ग्स् अफ स्प्पारो’ प्रर्दशन गरिने जनाइएको छ ।
इरानी निर्देशक माजिद माजिदीले निर्देशन गरेको ‘संग अफ स्प्यारो’ करिम नामक कृषकको चुनौतीमाथि केन्द्रित छ । यस फिल्मले सन् २००८ को बर्लिन अन्तराष्ट्रिय फिल्म महोत्सवअन्तर्गत ‘सिल्भर वियर फर एक्टर’को अवार्ड जित्न सफल भएको थियो । यो फिल्म ८१ औं एकेडेमी अवार्ड अन्तरगत उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्डमा मनोनयनमा परेको थियो । निर्देशक माजिदीले निर्देशन गरेको ‘चिल्डेन अफ हेभेन’ ले सन् १९९८ को एकेडेमी अवार्डमा उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड जितेको थियो ।
दोस्रो चरणमा फिल्म प्रदर्शनलगत्तै फिल्मका विभिन्न पक्षमाथि समेत अन्तरक्रिया संञ्चालन गरिने जनाइएको छ । सो अन्तरक्रियामा कोमिइल सोहेइली र निर्देशक निश्चल बस्नेत सहभागीहुँदैछन् । हरेक सोमबार संञ्चालन हुने मन्डे मुभिजमा फिल्मका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया हुनेछ । स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले मन्डे मुभिज क्लबलाई संञ्चालन गर्ने छन् ।

Comments