कलाकारलाई उपराष्ट्रपति झाको शुभकामना
screennepal
प्रकाशित: २०७१, २१ भाद्र शनिबार
no img

काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले कलाकारलाई चलचित्रको बृहत्तर विकासमा योगदान गर्न सुझाव दिएका छन् । नेपाल चलचित्र कलाकार संघको १३औं वाषिकीको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति झाले शुभकामना दिँदै चलचित्र उद्योगका लागि कलाकारले नै योगदान पु¥याउनु पर्ने बताए । झाले भने, ‘आफ्नो लागि आफैले गर्नुपर्छ । त्यसैले चलचित्र क्षेत्रको विकासका लागि कलाकार नै अगाडि बढ्नुपर्छ ।’

bijay

उपराष्ट्रपति झाबाट पुरस्कार ग्रहण गर्दै पत्रकार विजय आवाज

कार्यक्रममा संघले विभिन्न कलाकर्मी तथा पत्रकारलाई सम्मान ग¥यो । सम्मानीत कलाकार तथा पत्रकारहरुलाई उपराष्ट्रपति झा र सरकारको मुख्य सचिव लिलामणि पौडेलेले प्रमाणपत्र प्रदान गरेका थिए । संघले आफ्नो साधारण सभाका अवसरमा ‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार’बाट निर्देशक तथा कलाकार रमेश वुढाथोकीलाई ५६ हजार नगदसहित पुरस्कृत गरेको छ भने ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार’बाट कलाकार भीमबहादुर थापालाई नगद २१ हजारसहित पुरस्कृत ग¥यो । त्यस्तै, नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान’बाट चलचित्र समिक्षक डाक्टर प्रदिप भट्टराई र प्रतापचन्द्र तामाङ सम्मानीत भएका छन् भने ‘नेपाल चलचित्र पत्रकारिता सम्मान’ बाट विजय सुवेदी ‘आवाज’ र सानुकाजी श्रेष्ठ सम्मानीत भए ।
यस वर्षदेखि संघले नवप्रतिभा सम्मानको समेत थालनी गरेको अध्यक्ष नवल खड्काले बताए । संघको पहिलो नवप्रतिभा सम्मान नायिका रिमा विश्वकर्माले पाएकी छन् । ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान’ बाट सानु ताम्राकार, विजय देउजा र रवि गिरीलाई संघले सम्मान गरेको छ ।

Comments