एनएफडिसी अवार्ड : झोलाको ह्याट्रिक
screennepal
प्रकाशित: २०७१, २१ भाद्र शनिबार
no img

काठमाडौं । ‘दोस्रो एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड–२०७१’ मा सति प्रथामा आधारित चलचित्रले बाजी मारेको छ । शनिबार भद्रकालीस्थित आर्मी अफिसिर्यस क्लवमा आयोजित कार्यक्रममा ‘झोला’ ले उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्रीसहित चार अवार्ड हात पारेको छ । चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका र गरेकाहरुको नाममा प्रदान गरिएको कार्यक्रममा ‘झोला’ ले हिरा उत्कृष्ट चलचित्र पाएको छ भने यसै चलचित्रबाट यादव भट्टराई ‘प्रकाश उत्कृष्ट निर्देशक’, गरिमा पन्त ‘भुवन उत्कृष्ट अभिनेत्री’ र बसन्धरा उत्कृष्ट सहअभिनेत्री’ को अवार्ड लक्ष्मी गिरीले पाइन् ।

garima-panta
विभिन्न २० विधामा प्रदान गरिएको अवार्डमा आर्यन सिग्देल ‘शिव उत्कृष्ट अभिनेता’, र रमेश बुढाथोकीले ‘नीर उत्कृष्ट सह अभिनेता’ को अवार्ड हात पारे । त्यस्तै, कार्यक्रममा ‘चेतन उत्कृष्ट स्क्रिप्ट’ अर्पण थापा, ‘विश्व उत्कृष्ट नवनायक’ गौरव पहाडी र ‘चैत्य उत्कृष्ट अभिनेत्री’ अवार्ड सुजाता कोइरालाले पाए । गौरव र सुजाताले चलचित्र ‘मञ्जरी’बाट अवार्ड पाएका हुन् ।
त्यस्तै, कार्यक्रममा अमित श्रेष्ठ ‘प्रदीप उत्कृष्ट ध्वनी’, पुरुषोत्तम प्रदान ‘मञ्जु उत्कृष्ट छायाकार’, राजेन्द्र खड्की ‘भुटानी उत्कृष्ट द्वन्द्व निर्देशक’ र ‘तुलसी उत्कृष्ट सम्पादन’ को अवार्ड बद्री लामिछानेले पाएका छन् ।
यसैगरी ‘शुभ उत्कृष्ट पाश्र्वसंगीत’ एलिश कार्की, ‘बसन्त उत्कृष्ट नृत्य निर्देशक’ कविराज गहतराज, ‘उदित पाश्र्वगायन’ प्रेम परियार र ‘शम्भु उत्कृष्ट संगीकार’ को अवार्ड बसन्त सापकोटाले पाएका छन् भने कार्यक्रममा ‘कुसुमे रुमाल उत्कृष्ट चलचित्र’ को अवार्ड ‘नाइ नभन्नु ल–२’लाई दिइएको छ । ‘मह उत्कृष्ट पुरस्कार’ ‘मोक्ष’ का निर्देशक प्रविण श्रेष्ठ र सुनिल मानन्धरलाई प्रदान गरिएको छ भने  ‘पुष्कर चलचित्र पत्रकारिता पुरस्कार’ शान्तिप्रियलाई प्रदान गरिएको छ । चलचित्र विकास कम्पनी ‘एनएफडिसी’ को आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

Comments