दश जना लोक कलाकारले एउटै गीतमा गरे नेतालाई खबरदारी (गीतसहित)
screennepal
प्रकाशित: २०७१, १९ भाद्र बिहीबार
no img

चर्चित दश जना लोक गायकले गीतमार्फत नेताहरुलाई खबरदारी गरेका छन् । लोकतन्त्र ल्याएका दशक बित्न लाग्दा पनि जनताको दिलमा लोकतन्त्रको घाम नलागेको भन्दै उनीहरुले खबरदारी गीत गाएका हुन् ।
गीतकार शिव सुवेदीले लेखेको उक्त गीतमा गायक पशुपति शर्मा, पुरुÈोत्तम न्यौपाने , बद्री पंगेनी , रामजी खाँड,  कुलेन्द्र बिक , खुमन अधिकारी, पुस्कल शर्मा, प्रकाश सपुत तथा जुना श्रीष मगर र शातिश्री  परियारले स्वर भरेका छन् ।
गीतको म्युजिक भिडियो समेत बनाइएको छ । विभिन्न क्षेत्रका कलाकारहरुलाई समेटिएको भिडियो प्रकाश भट्टको निर्देशनमा तयार भएको हो । पुष्पाञ्जली म्युजिकमार्फत बजारमा आउने गीत यस्तो छः

खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
                              जसको सरकार आए पनि गरिबको सरकार आएन

pasupati-sharma badri-pangeni (1)
लोकतन्त्र गणत्रन्त्र जे भने नि भन,
देश हाक्न खोज्नेहरु अलि सचेत बन                       पशुपति शर्मा
मिलाउन पर्ने बेलाँ स्वर माथि स्वर
चार तिर फर्केका छौ यै राजनीति हो र रु
खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
जसको सरकार आए पनि गरिबको सरकार आएन
गोर्खाली हौ भनेर गर्ब गर्ने मनले
आज शिर झुकाउदै छ तिम्रै छाडापनले
अर्काको अस्तित्वलाइ नसक्दा स्वीकार्न        पुरुषोत्तम न्यौपाने
पर्ने भो आखिरीमा तिमि हामी हार्न
खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
                                      जसको सरकार आए पनि गरिबको सरकार आएन

जोगाउन नसकेमा ऐले हाम्रो सुस्ता
भारतमै जन्मने छन् अब आउने पुस्ता                   बद्रि पंगेनी
विगतले सिकाको पाठ राम्रो संग सिक
खबरदार नेताहो पैसामा नबिक १
खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
                             जसको सरकार आए पनि गरिबको सरकार आएन

जनतालाई चिन्नै छोड्छौ कुर्ची पाएपछि
कैले हो गाउँ फर्कने चुनाब आएपछि                                    कुलेंद्र बि क
नेता जी तिम्रा सन्तान देश बिदेशमा डुल्छ्न
जनताका छोराछोरीले पलास्टिक बटुल्छन
खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
                                                जसको सरकार आए पनि गरिबको सरकार आएन

फुट्ने र फुटाउनेको भयो धेरै खेती
तिम्लाई त फाइदै होला देशलाई हुन्छ क्षति                       रामजी खाड
नीति त बन्छन धेरै लागु गर्ने को ले
कानुनै रुन्छ याँहा नेताहरु बोले
खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
                                         जसको सरकार आए पनि गरिबको सरकार आएन

गरिब झन् गरिब भाछ धनि झनै धनि
यो सरकार केहि बोल्दैन यस्तो देख्दा पनि                            खुमन अधिकारी
नारामै सिमित गरेउ जनाताको मर्म
साझ बिहान चुलो बलोस काम गर्नेको घरमा ११
खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
जसको सरकार आए पनि गरिबको सरकार आएन

look-geet-shooting (1)

काम एउटा गर्छौ तिम्ले फरक हुन्छ बोलि
जनताको आँसुले पोल्न सक्छ भोलि                                      पुस्कल शर्मा
दिनदिनै बिदेशिन्छन देशका खम्बाहरु
यो भन्दा दुर्गति के हुने हो अरु रु
खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
जसको सरकार आए पनि गरिबको सरकार आएन

जनतालाई दुख छ यो त तिम्लाई थाहा छ
र पनि तिम्रो ध्यान कुर्ची तिरै गाछ                                      प्रकाश सपुत बिक
देश विकास गर्नलाई कैले अगी सर्छौ
नबुज्या हौ कि साचै नबुजे झैँ गर्छौ रु
खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
जसको सरकार आए पनि गरिबको सरकार आएन

look-geet-shooting-1

कम्तिमा जनता भोकै मर्न भैन
यो भन्दा धेरै त चाहना नै छैन                                           सबै
हाम्ले  त भन्ने हो जे आँखाले देख्छन
कलाकार यस्तै हुन् जे देख्छन त्यै लेख्छन

खोइ हाम्रो दिलमा त घामै लाएन , जसको शासन आए पनि जनताको शासन आएन
जसको सरकार आए पनि गरिबको सरकार आएन
केटि गायिका स्  जुना श्रीष, शान्ति श्री परियार  ९कोरस ०

Comments