निशाले चुमिन मिस ग्लोबल इन्टरनेशनलको ताज
screennepal
प्रकाशित: २०७१, १७ भाद्र मंगलवार
no img

काठमाडौं । ‘पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४’को उपाधि काठमाडौंकी निशा पाठकले जितेकी छिन् । उनले आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै सौन्दर्य प्रतियोगितामा अहिलेसम्मकै सबै भन्दा बढी रकम दुई लाख रुपैयाँ र ट्रफी जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट पाँचमा चयन भएकी निशाले निर्णायकहरुको प्रश्नमा सबै भन्दा उत्कृष्ट लिखित जवाफ दिएर मिस ग्लोबलको क्राउन चुमेकी हुन् । उनी मिस डिसिप्लेन पनि भईन् ।
सो प्रतियोगितामा फस्ट रनरअपको उपाधि काठमाडौंकी सुस्मिता रेग्मीले हाँसिल गरिन् । उनले उपाधिसँगै ६० हजार रुपैयाँ पाईन् । रेग्मीले मिस फोटोजेनिक र मिस ट्यालेन्टको उपाधि पनि जितिन् । अर्चना पन्थीले सेकेन्ड रनरअपको उपाधिसँहित ३० हजार रुपैयाँ प्राप्त गरिन् । उनले मिस इन्टेलिजेन्टको उपाधि पनि जितिन् ।golobal
मोडल ग्लोबल भिजाज् कन्सल्टेन्सीद्धारा आयोजिता यो प्रतियोगितामा अरु शिर्षकका उपाधि पनि थिए । जसमा मिस पपुलर र मिस वेस्ट वाकको उपाधि अस्मिता तिमल्सिनाले, मिस पँचुअलको उपाधि मनिषा केसीले, मिस पर्सनालिटीको उपाधि प्रगति अमात्यले र मिस फ्रेन्डसिपको उपाधि बिपासना कर्माचार्यले हाँसिल गरे ।
सौन्दर्य भन्दा बौद्धिकतालाई महत्व दिँदै आफुहरुले यो प्रतियोगिता आयोजना गर्दै आएको सो कन्सल्टेन्सीका अध्यक्ष मनोज पाण्डेले बताए । पाँचौं मिस ग्लोबल इन्टरनेशनल–२०१४को निर्णायकमा पूर्व मिस नेपालद्धय रुबी राणा, सृष्टी श्रेष्ठ, एनबी बैंकका सिइयो ज्ञानेन्द्र ढुँगाना, इक्यानका महासचिब महेशबाबु तिमिल्सिना, मोडल ग्लोबल भिजाज् कन्सल्टेन्सीकी सोनियाँ रावल र सो कन्सल्टेन्सीका काउन्सलर रुपक दाहाल थिए ।

Comments