असोजमा कपिलको एकतर्फी माया !
screennepal
प्रकाशित: २०७१, १७ भाद्र मंगलवार
no img

one

काठमाडौं । ‘वन साइड लभ’ अर्थात् एकतर्फी माया । यसै विषयलाई समेटेर निर्माण गरिएको चलचित्र ‘वन साइट लभ’ ३ असोजबाट रिलिज हुने भएको छ । म्युजिक भिडियो निर्देशन गर्दै आएका देवेन्द्र पाण्डेको ‘वन साइट लभ’ को निर्देशन गरेका हुन् । निर्देशक पान्डेका अनुसार चलचित्रमा सामाजिक प्रेमकथा प्रस्तुत गरिएको छ ।
कपिल खत्रीको निर्माण रहेको ‘वन साइट लभ’ मा एकतर्फी मायाका कारण निम्तिने घटनाक्रमलाई चित्रित गरिएको बताइएको छ । चलचित्र हेरेर दर्शकले पूर्ण मनोरञ्जन लिन सक्ने निर्माता कपिलले बताए । करिब ३० लाख लागतका निर्मित चलचित्रले लगानी उठाउने सक्नेमा समेत निर्माता कपिल ढुक्क छन् ।
आगत केसीको लेखन र हरि लम्सालको संगीत रहेको यस चलचित्रमा प्रमोद खरेलको गायन छ । चलचित्रमा राज सुनाम, कपिल खत्री, काजिश श्रेष्ठ, सविना कार्की, विनिता घिमिरे, सुशील पोखरेल, रमेश न्यौपाने, शीतल शैलुङलगायतको अभिनय हेर्न सकिन्छ ।

Comments