१६औंमा कृष्णभक्तको ‘विलिभ्स्’
screennepal
प्रकाशित: २०७१, १४ भाद्र शनिबार
no img

???????????????????????????????

काठमाडौं । गायक तथा संगीतकार कृष्णभक्त राईले ‘विस्तारै मलाई भुल्दै जाऊ’ बोलको गीत प्रस्तुत गर्दा उपस्थित कलाकार तथा सञ्चारकर्मी भावुक बनेँ । गायक कृष्णझक्तले एकपटक मात्र गाएर धर पाएनन्, चर्चित गायक राजेशपायल राईको आग्रहमा फेरि दोह¥याए, ‘विस्तारै मलाई भुल्दै जाऊ’ ।
प्रशंग, गायक तथा संगीतकार कृष्णभक्तको नविनतम एल्बम ‘विलिभ्स्’ सार्वजनिक कार्यक्रमको हो । गायक कृष्णभक्तको एकल स्वर तथा संगीत ‘विलिभ्स्’ को शनिबार राजधानीको पुतलीसडकस्थित म्युजिक पार्कमा आयोजित समारोहबीच चर्चित गायिका अञ्जु पन्त, गायक राजेशपायल राईलगायतका संगीत हस्तीको उपस्थितिमा सार्वजनिक गरिएको छ । हस्त गौतमको शब्दरचना रहेको यो कृष्णभक्तको १६औं एल्बम हो ।

IMG_1413
दृष्टिविहीन भएर पनि नेपाली सांगीतिक क्षेत्रमा आफूलाई अहोरात्र क्रियाशील गायक तथा संगीतकार कृष्णभक्तको समपर्णलाई उपस्थित सबैले तारिफ गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी गायिका अञ्जुले कृष्णभक्तको कलाको तारिफ गर्दै भनिन्, ‘नेपाली गीतसंगीत क्षेत्रमा कृष्णभक्त दाई एक नक्षत्र हुनुहुन्छ । उहाँलाई हामी सबैले सहयोग र साथ दिनुपर्छ ।’ बाहिरी रुपमा दृष्टिविहीन भए पनि अन्तरदृष्टिले कृष्णभक्तले सबलांगलाई समेत चुनाती दिँदै अगाडि बढिरहेकामा उनलाई हौसला प्रदान गर्नुपर्ने अञ्जुको धारणा थियो । उनले भनिन्, ‘कृष्णभक्तको संगीतकला देखेर म नै चकित छु । म उहाँलाई हरेकपल सहयोग र शुभकामना दिन चाहन्छु ।’
त्यस्तै, कार्यक्रममा गीतकार भामेन्द्रकुमार लिम्बूले गायक कृष्णभक्तको विगतको स्मरण गराएका थिए । धरानमा स्कुल पढ्दादेखि नै जनताको गीत गाएर दर्शक÷श्रोतोको मन जित्न सफल भएको भन्दै गीतकार लिम्बूले भने, ‘कृष्णभक्तले एकपटक आफूलाई संगीत क्षेत्रबाटै टाडा राख्ने सोचमा समेत पुगेका थिए । तर, उहाँको गायन प्रतिभा देखेर त्यो मोडबाट फर्काएर संगीत क्षेत्रमै रहन उत्साहित गरेको थिएँ । आज परिणाम स्वरुप १६औं एल्बम ‘विलिभ्स्’ लिएर आउनुभएको छ । अब त आफूलाई संगीतमा बाँच्न सक्छु भन्ने पक्कै विश्वास लागेको हुनुपर्छ ।’ ८ सयभन्दा बढी गीतमा आफ्नो माधुर्य स्वर दिइसकेका गायक कृष्णभक्तको अब खाशै तारिफ गरिरहन आवश्य नपर्ने भन्दै लिम्बूले  भने, ‘कृष्णभक्त नेपाली गीतसंगीतका एक सिंगो धरोहर हुन्, जसको प्रशंसा गरिरहनु पर्दैन ।’
चर्चित संगीतकार शान्तिराम राईको सभापतित्वमा आयोजित कार्यक्रममा थुप्रै गीतसंगीत क्षेत्रका हस्तीको उपस्थिति थियो । कार्यक्रममा बोल्दै संगीतकार राईले कृष्णभक्त राईजस्तो प्रतिभालाई राज्यले नहेरेकामा रोष प्रकट गरेका थिए । ‘कृष्णभक्त दृष्टिविहीन होइन, राज्यचाहीँ दृष्टिविहीनजस्तो लागिरहेको छ’ संगीतकार राईले भने, ‘कृष्णभक्त आफू दृष्टिविहीन भएर पनि राज्यका लागि गीतसंगीतमार्फत योगदान गरिरहेका छन् । तर, राज्यले प्रतिभालाई देख्न र चिन्न सकेको छैन । त्यसैले सरकारलाई दृष्टिविहीन भएको छ ।’ सरकार अर्थात् राज्यले कलाकारलाई उपेक्षा गरेको गुनासो पोख्दै संगीतकार राईले नेता र दलको पिछुङ्गल बन्दा मात्र दल र नेता देख्ने गरेको धारणा सुनाए । ‘यहाँ दलगत चाप्लुसी गर्न नसक्ने र नजान्नेहरु उपेक्षामा परेका छन्’, संगीतकार राईले भने, ‘त्यसैले पनि सोचजस्तो नेपाली गीतसंगीतको विकास हुन सकेको छैन ।’ कलाकारलाई चिन्न सके वार्षिक करोडौ रुपैयाँ कला क्षेत्रबाटै राज्यले आम्दानी गर्न सक्ने संगीतकार राईको धारणा थियो ।

???????????????????????????????
सरु गौतम निर्माता रहेको ‘विलिभ्स्’ मा ह्याप्पी बर्थडे, विस्तारै मलाई भुल्दै जाऊ, तृष्णामा र असफल बोलका गीत संगृहीत छन् । म्युजिक पार्क स्टुडियोमा रेकर्डिङ गरिएका यी गीतमा एरेञ्ज पनि गायक तथा संगीतकार कृष्णझक्तले नै गरेका हुन् । एल्बमको गीतका रेकर्डिष्ट सुजन शाक्य हुन् भने मिक्सिङ राजेशकुमार श्रेष्ठले गरेका हुन् । ‘विलिभ्स्’ अर्थात् विश्वास । यस एल्बमबाट गायक तथा संगीतकार कृष्णभक्त राईले श्रोता÷दर्शकको मन जित्ने विश्वास लिएका छन् ।

Comments