अञ्जुका फ्यानः ‘दुइटालाई प्रहरीचौकीमैं पु-याउनुप-यो’
screennepal
प्रकाशित: २०७१, १३ भाद्र शुक्रबार
no img

गायिका अञ्जु पन्तका हजारौं फ्यान छन् । धेरै फ्यान अञ्जका गीत मात्रै सुन्छन् । कतिपय फ्यान अञ्जुसम्म पनि पुग्छन् । आफूसम्म पुगेका फ्यानहरु र तिनीहरुका केही रमाइला किस्सा अञ्जुले डिबी खड्कालाई सुनाएकी छिन् ।
घरमै पुगे गुरु
मेरो स्वरका पहिलो प्रशंसक गुरुहरू हुन्। फुपूले गुरु श्रीकृष्णमान डंगोलकहाँ म्युजिक सिकाउन पठाउनुभयो। गुरुलाई मेरो स्वर मन परेर अरू सिकारुभन्दा धेरै गाउन लगाउनुहुन्थ्यो। पाँचै बजे रियाजका लागि बोलाउन घर पुग्नुहुन्थ्यो र आफ्नी नातिनीलाई जस्तो सेल र चिया खुवाएर सिकाउनुहुन्थ्यो। त्यसैगरी १२ वर्षअघिको कुरा हो, फत्तेमान एकल साँझमा गीत गाउन पाएँ। संगीतकार रञ्जीत गजमेरले मेरो स्वर सुन्नुभएछ, उहाँ घर खोज्दै मलाई भेट्न आउनुभयो। म सुत्केरी भएको बखत घरमै आएर संगीत सिकाउन थाल्नुभयो। त्यसैगरी एकजना दिदीले मेरो स्वरको प्रशंसा गरेकै कारण चन्दन गुरुले पैसा नै नलिई संगीत सिकाउनुभयो।
बोलेछन् बाउछोरा
घरझगडाका कारण बाबु–छोराको बोलचाल बन्द भएको थियो रे। मेरो गीत ‘नबिर्सें तिमीलाईु एफएमबाट बाबु चाहिँले सुन्नुभएछ। उहाँलाई फेरि सुन्न मन लाग्यो, त्यसपछि बाध्य भएर नबोल्ने छोरालाई ‘छोरा फलानो गीतको सीडी किनेर ल्याउु भन्नुभएछ। छोरा बाउ बोलेकामा खुसी हुँदै सिडी किन्न निकै टाढा पुग्नुभएको थियो रे। पछि छोरा चाहिँले मलाई धन्यवाद दिँदै यो कहानी सुनाउनुभएको थियो।

anju

अञ्जु पन्त

४७ सय गीतको कलेक्सन
मलेसियामा मेरो एकजना डाई–हार्ड फ्यान हुनुहुन्छ। उहाँसँग मेरा ४७ सय गीत संगृहीत छन् रे। एयरपोर्टमा सेक्युरिटी गार्डको काम गर्ने उहाँसँग निकै चोटि भेट भइसक्यो। किनभने, मेरो त्यहाँ कार्यक्रम पर्दा वा ट्रान्जिट पर्दा पनि भेट्नकै लागि डबल ड्युटी गर्नुहुँदो रहेछ। ड्युटीमा मेरो गीतमात्रै सुन्नुहुन्छ रे।
फूलको ९न० मीठो प्रहार
म चर्चित भइरहेकी थिएँ। मलाई स्टेजमा दर्शकले भर्खरमात्र देख्न थालेका थिए। इटहरीमा कार्यक्रमका लागि गयौँ। दर्शकको ठूलो भीडभाड भएकाले आयोजकले स्कर्टिङ गरेर गाडीमै मञ्च पछाडि लग्ने भयो। बाटोमा पनि फ्यानले घेर्न छाडेनन्। अति भएपछि झ्यालको सिसा खोलेँ, नजिक आउन नपाएका दर्शकले फूलको गुच्छाले हान्न थाले। त्यो मीठो पल थियो तर गालामा लाग्दा फूलको प्रहारको नमीठो स्वाद चाखेँ।
फ्यानलाई थुनाउँदा
दुईजना फ्यानलाई पुलिसथानामै पुर्याउनुपर्ने अवस्था आएको थियो। वास्तवमा उहाँहरूले मलाई र मेरो गीतलाई मन पराउनु राम्रै कुरा हो। तर, चिनी पनि धेरै खाए तीतो हुन्छ भनेझैँ उहाँहरूले असाध्यै माया गर्नुभयो। बिहान उठ्न नपाई फोन आइहाल्थ्यो, बेलुका नसुतुञ्जेल पनि उस्तै। फोन नउठाई बसे पनि आइरहने। काममा बाधा पर्न थाल्यो। त्यसपछि सम्झाएँ। मान्नुभएन। अन्तिम विकल्प– प्रहरीलाई कम्प्लेन गराएर नम्बर परिवर्तन गर्नुपर्यो। उहाँहरूलाई दुई दिन थुन्यो क्यारे पुलिसले।
महिला फ्यान
एकजना किशोरी फ्यान हुनुहुन्थ्यो। उहाँले १६ वर्षको उमेरदेखि १९ वर्षसम्म केटाकै जसरी पछ्याउनुभयो। रगतले चिठी लेखेर पठाउनुभयो। मेरा गीत र म असाध्यै मन पर्ने बताउनुहुन्थ्यो। उहाँ अलि ‘फ्रस्टे्रटेडु हुनुहुन्थ्यो जीवनदेखि सायद। ‘मलाई बाँच्नै मन छैनु पनि भन्नुहुन्थ्यो। केही पछि सुनेँ, उहाँले आत्महत्या गर्नुभएछ। निकै दुःख लाग्यो।
गीतकार उन्नति बोहरा शिला पनि मेरो ठूलो फ्यान हुनुहुन्छ। यही कारण उहाँले मलाई निकै सहयोग गर्न पनि भएको छ। भन्नुहुन्छ, ‘म केटा भएको भए केही नसोची तपाईंलाई बिहेको प्रस्ताव गर्थें।ु
बच्चा फ्यान
बाबुआमाले मेरा गीत धेरै सुनेकाले होला, बच्चाहरूलाई पनि मन पर्न थालेँ म। केही वर्षपहिले एकजना दिदीले मलाई भेट्दा भन्नुभयो, ‘तपाईं टीभीमा देखिनुभयो कि मेरा बच्चाले टीभीको आन्टीलाई माया गर्ने भन्दै म्वाइँ खान्छ।ु पछि अरूहरूले पनि सुनाउनुभयो। एकजना पाँच वर्षको बच्चा ९अहिले नौ वर्ष पुग्नुभयो० मसँग बिहे गर्छु भनेर मरिहत्ते गर्नुहुन्थ्यो रे।
एकजनाको ज्यानै गएछ
महेन्द्रनगरमा कार्यक्रमका लागि गएकी थिएँ। सुरुमा अरूका प्रस्तुति राखिएका थिए तर मलाई आयोजकले सम्मान गर्दै स्टेजमा राख्यो। म स्टेजमा देखेपछि दर्शकले अरूका प्रस्तुति सुन्नै छाडेर ‘अञ्जु अञ्जुु भन्दै हुटिङ गर्न थाले। सान्त्वना दिन थालेको त भीड स्टेजतिर बढ्न थाल्यो। मलाई नजिकबाट हेर्न अघि सर्दा युवाबीच झडप भयो। पछि थाहा पाएँ– एकजनाको ज्यान गएछ। साह्रै दुःख लाग्यो।
रेकर्ड गरेर राख्न पाए ।।।
प्रशंसा धेरैले गर्नुभयो। अघि बढ्न उत्साह मिल्यो। तर, प्रसिद्ध भारतीय गायक जगजीत सिंहले गर्नुभएको प्रशंसा रेकर्ड गरेर राख्न पाएको भए जस्तो लाग्छ । उहाँसँग मैले ‘कस्तो मायाु भन्ने गीतमा सँगै स्वर भर्न पाएकी थिएँ। गीत सुनेपछि उहाँले भन्नुभएको थियो, ‘साधना सरगमको जस्तो गायकी छ तिम्रो।ु
मावलीमा रुवाबासी
अघिल्लो चरणमा मेरा गीत हिट थिए, तर मलाई धेरैले चिन्दैनथे। मेरो मावली आठराई, तेह्रथुम हो। तर, काठमाडौँमा हुर्केबढेकी म मावली गएकी थिइनँ। सम्पर्क नभएपछि उहाँहरूले मेराबारे चासो लिने कुरै भएन। केही समयअघिमात्रै मावली खोज्दै गएँ। त्यहाँका तामाङ मेरा मावली हुन्। उहाँहरूको पनि गायन र रमाइलोमा निकै रुचि रहेछ। बेलुका सबै परिवारले रमाइलो गरे, हजुरआमा, माइजू र मामाले गीत गाउनुभयो। आफू सुहाउँदो माहोल पाएकामा खुसी भइरहेकी थिएँ, मेरो पालो आयो। आफ्नै गीत गाएँ। सबै दंग परे। ‘नबिर्सें तिमीलाईु भन्ने गीत आफूले नै गाएको बताएपछि रुवाबासी सुरु भयो। किनभने, त्यो गीतका सबैजना फ्यान रहेछन्, तर गाउने मान्छे आफ्नी नातिनीरभाञ्जी रहेको थाहा रहेनछ।

Comments