सुनिताले पाइन् ‘उत्कृष्ट तिज गीत’ को अवार्ड
screennepal
प्रकाशित: २०७१, १० भाद्र मंगलवार
no img

काठमाडौं । लोकगायिका सुनिता दुलालको ‘तिजको आयो लहर’ ले उत्कृष्ट तिज गीतको अवार्ड पाएको छ । मंगलबार राजधानीमा आयोजित ‘तिज म्युजिक अवार्ड–२०७१’ मा सुनिताले अवार्ड पाएकी हुन् । तिज गीतका १४ विधामा अवार्ड प्रदान गरिएको थियो ।
बजाज इन्टरटेनमेन्टले पहिलोपटक आयोजना गरेको तिज म्युजिक अवार्डमा देविका बन्दनाले उत्कृष्ट तिज गायिकाको अवार्ड पाएकी छन् । देविकाले ‘म त फुरुक्कै’ गीतमार्फत अवार्ड पाएकी हुन् । उत्कृष्ट तिज गीत भाकाको अवार्ड भने ‘अहिलेको तिज’ गीतमार्फत हरि विष्टले अवार्ड पाए । त्यस्तै, उत्कृष्ट तिज गीत भिडियो सम्पादक विष्णु शर्मा र उत्कृष्ट भिडियो छायाकारको अवार्ड राजेश घिमिरेले पाए । उनीहरुले क्रमशः ‘झल्को माइतीको’ र ‘मलाई त कति मज्जा’ गीतमार्फत अवार्ड पाएका हुन् ।

sunita dulal 4
त्यस्तै, ‘वर माग्छु शिवजीलाई’ मार्फत बब्बु थापा उत्कृष्ट मोडल (पुरुषतर्फ) र ‘अहिलेको तिजमा’ मार्फत दिपाशा बिसीले उत्कृष्ट मोडल (महिलातर्फ) को अवार्ड पाए । उत्कृष्ट तिज गीत भिडियो निर्देशक ‘आमाले दिएको’ गीतमार्फत शंकर बिसी, उत्कृष्ट एरेञ्जर ‘अहिलेको तिजमा’बाट झलक संगीतम् र उत्कृष्ट तिज दोहोरी (पुरुषतर्फ) ‘आर्शीवाद माग्छु’ मार्फत खुमन अधिकारीले अवार्ड हात पारे भने (महिलातर्फ) ‘बुढा आधा आधा’ गीतमार्फत पुर्णकला बिसी र उमा श्रेष्ठले अवार्ड पाए । कार्यक्रममा उत्कृष्ट तिज गीत शब्द ‘माइती देश’ मार्फत गायत्री थापा र उत्कृष्ट भाकाको अवार्ड हरि विष्टले पाए । छायाँछवि क्रियशनको इभेन्टमा आयोजित कार्यक्रममा सहिमा श्रेष्ठ, सुनिता कार्कीलगायतका गायक÷गायिकाले तिज गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
नेपाली नारीको विषेश चाड हरितालिका तिजका अवसरमा निकालिएका मौलिक तिज गीतलाई प्रोत्साहन र गायक÷गायिकाको हौसला बढाउन अवार्डको सुरुवात गरेको आयोजक संस्थाका अध्यक्ष राजु लामिछाने ‘बजाज’ ले बताए ।

Comments