‘नेपाली तारा’को खोजी धरानबाट…
screennepal
प्रकाशित: २०७१, १० भाद्र मंगलवार
no img

Nepali Tara mnemonicकाठमाडौँ । सांगीतिक रियालिटी सो ‘कोका–कोला नेपाली तारा’ को अडिसन १७ भदौबाट धरानदेखि सुरु हुने भएको छ । नेपालकै सबैभन्दा ठूलो सांगीतिक रियालिटि सो मानिएको ‘नेपाली तारा’ को यो तेस्रो संस्करण हो । धरानपछि अन्य सहरहरुमा पनि अडिसन हुने भएको छ । नेपालभरबाट गायन प्रतिभा खोज्ने उद्देश्यअनुरुप यो रियालिटी सो सुरु गरिएको हो ।
आयोजकका अनुसार धरानपछि भदौ १९ मा चितवनको भरतपुर, २१ म बुटवल र २३ गते पोखरास्थित पृथ्वीचोकमा अडिसन लिइने छ । उपत्यका बाहिर सकिएपछि भदौ २६ गते भक्तपुरको दरबार स्क्वायरमा अडिसन हुने छ भने काठमाडौंमा तीन दिन २८, २९ र ३० भदौमा अडिसन हुने जनाइएको छ । काठमाडौंमा सहभागी हुनेको संख्या धेरै हुनसक्ने भन्दै तीन दिन अडिसन लिन लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा वरिष्ठ संगीतकार प्रकाश गुरुङ, सुरेश अधिकारी र गायक रामकृष्ण ढकाल, जेम्स प्रधान  राजन इसान अडिसन राउण्डको निर्णायक रहने भएका छन् । यस प्रतियोगितालाई दोस्रो नेपाली तारा दोस्रो संस्करणका विजेता सन्तोष लामा र पहिलो संस्करणका रनरअप धर्वेन्द्र सेवान सञ्चालन गर्नेछन् । अडिसन राउण्डको पहिलो तीन एपिसोड नेपाल टेलिभिजनमा प्रसारण हुने जनाइएको छ ।
कार्यक्रमबारे संगीतकार गुरुङले भने, ‘हामी यस कार्यक्रमका लागि निकै उत्साहित छौँ । हामीले नेपाली ताराका पछिल्ला संस्करणबाट निकै असाधारण प्रतिभाहरु पाएका थियौँ । त्यस्तै, यस संस्करणबाट पनि यस्तै प्रतिभाहरु हामीले पाउने आशा गरेका छौँ ।’ नेपाली ताराको यस संस्करणलाई कोका–कोलाको प्रायोजनमा डिसहोम र मास्टरपिसको सहकार्य छ ।

Comments