६ एकान ६ सक्सेस पार्टी, घरमूली बिनाको भोज
screennepal
प्रकाशित: २०७१, ९ भाद्र सोमबार
no img

काठमाडौं । सुपरहिट फिल्म ‘६ एकान ६’ले हिजो सक्सेस पार्टी दियो । आफ्ना कलाकार तथा प्राविधिकलाई बोनस समेत वितरण गरेको कार्यक्रम घरमूली बिनाको भोज जस्तो भएको थियो । किनभने फिल्मका मुख्य दुई जना निर्देशक दिनेश डिसी र हिरोइन नीता ढुंगाना अनुपस्थित थिए ।

फिल्म सफल हुनमा सम्पूर्ण प्राविधिक तथा कलाकारको मेहनत कारक रहेको भन्दै बोनस बा“डिएको निर्मात्री दिपाश्री निरौलाले बताइन् । ‘एउटा फिल्म सफल हुनमा स्पटब्वाईदेखि निर्देशकसम्मको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । तर, फिल्म हिट भएपछि उनीहरुलाई खासै सम्झदैनौं। उनीहरुले गरेको मेहनतलाई सम्मान गरौं भन्ने अभिप्रायले हामीले सकेको लाभांश वितरण गरेका हौं,’ अर्का निर्माता दिपकराज गिरीले भने।
कार्यक्रममा फिल्मको तर्फबाट दिवंगत निर्देशक शिव रेग्मीको परिवारलाई ५१ हजार रुपैया“ प्रदान गर्ने घोÈणा गरियो। त्यसैगरी सुनकोशी बाढी पीडितलाई २५ हजार र चलचित्र पत्रकार संघलाई १५ हजार रुपैया“ दिने पनि कार्यक्रममा घोÈणा गरियो।10620522_685651921523241_8130540042935864755_n
गतसाल पुस २७ मा प्रदर्शन भएको फिल्मले देशविदेश गरी ७० लाख रुपैया“ आम्दानी गरेको थियो । दिनेश डिसी निर्देशित फिल्ममा नीर शाह, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप Ôेत्री, राजवल्लभ कोइराला, नीता ढुंगाना आदिको अभिनय रहेको छ । राजबल्लभ कोराइला बाहिर थिए भने कार्यक्रममा निर्देशक डिसी र अभिनेत्री ढुंगाना उपस्थित थिएनन्।
आफू पोखरामा रहेकाले उपस्थित हुन नसकेको निर्देशक डिसीले स्क्रिन नेपाललाई बताए । उनले भने, ‘कार्यक्रम सरेको स¥यै भयो, यसपल्ट मैले टाइम मिलाउन सकिनँ ।’
उनले निर्माता दिपकले आफूलाई  ढिलो खबर गरेकाले पनि टाइम मिलाउन नसकेको संकेत गरे ।

Comments