स्व. फत्तेमानको ‘अपुरो मन’ सार्वजनिक
screennepal
प्रकाशित: २०७१, ८ भाद्र आईतवार
no img

fattemanकाठमाडौं । गायक फत्तेमान राजभण्डरी हामीमाझ छैनन् । तर, उनको स्वर भने दर्शक तथा श्रोतमाझ लोकप्रिय छ । आफ्नो श्रोतालाई गीतसंगीत पस्कने मन हुँदाहुँदै गत वर्ष राजभण्डारीको निधन भयो । उनको निधनको एक वर्षपछि उनीद्वारा स्वरबद्ध गीति एल्बम ‘अपूरो मन’ सार्वजनिक भएको छ । आइतबार एक समारोहबीच ‘अपुरो मन’ को बरिष्ठ कलाकार तथा नेपाल टेलिभिजनका महाप्रबन्ध नीर शाह, गीतकार रत्नशम्सेर थापा र गायक प्रेमध्वज प्रधानले संयुक्त रुपमा सार्वजनिक गरे । ‘अपुरो मन’ स्व. राजभण्डारीको अन्तिम गीति कोशेली हो ।
एल्बम विमोचनका अवसरमा संगीतकर्मीले स्वं राजभण्डारीको गीतिकारिताको स्मरण गरेका थिए । नेपाली गीतसंगीत फाँटमा आफूलाई खम्बाको रुपमा उभ्याउन सफल भएका स्व. राजभण्डारीबाट नेपाली सांगीतिक क्षेत्रका हरेक कलाकारले पाठ सिक्नु आवश्यक रहेको कार्यक्रममा सहभागी संगीतकर्मीले औल्याएका थिए ।
विमोचित एल्बम के ल्यायौ र, बिस्तारै बोल, यता गल्ली उता गल्ली, तिरमा बसी र गोलो गोरो अनुहार बोलका पाँच गीत संगृहित छन् । हरि लम्सालको सोलो संगीत रहेको ‘अपुरो मन’ मा शब्द कृष्ण केसीको रहेको छ । अनिल केसीद्वारा प्रस्तुत एल्बमलाई टुभेल्स नोट्सले श्रोतामाझ ल्याएको हो ।

Comments