‘निशानी’ टिमको दौडाहा तिज कार्यक्रमसम्म
screennepal
प्रकाशित: २०७१, ८ भाद्र आईतवार
no img

m

काठमाडौं । यतिखेर चलचित्र ‘निशानी’ टिमको भोक र निद्रा हराएको छ । चलचित्र रिलिज हुने दिन नजिकिँदै जाँदा रातदिन नभनी यो टिम प्रचारमा लागेका छन् । विनोद सेरेङ निर्देशित ‘निशानी’ २७ भदौबाट अल नेपाल रिलिज हुँदैछ । तर, अहिले निर्देशक सेरेङलाई मात्र नभएर निर्माता सरोज भन्डारी, कलाकार प्रेम सुब्बा, विष्णु चेम्जोङ, अनु गुरुङलगायतको पनि निद्रा गायब भएको छ । निर्देशक सेरेङ भन्छन्, ‘खाने र सुत्नेको टुंगो नै छैन । रातदिन निशानीका लागि खटिरहेको छु ।’
सातादिन अघिमात्र यो टिम प्रचारमा पोखरा पुगेका थिए, जहाँ प्रशान्त तामाङ पनि सहभागी थिए । तर, प्रशान्त ‘रिलिजको समयमा आउँछु’ भन्दै उत्तै फर्के । प्रशान्त नभए पनि निर्देशक सेरेङ, प्रेम सुब्बा, निर्माता भन्डारी, नायिकाद्वय विष्णु र अनु जोडतोडका साग ‘निशानी’ को प्रचारमा जुटेका छन् । अनुले यसै चलचित्रबाट रजतपटमा डेब्यु गर्न लागेका हुन् । त्यसैले पनि आफ्नो पहिलो चलचित्रलाई ‘हिट’ अनु जुटेकी हनु ।

10563186_773114519393340_4426249665412026599_n

मिस तिज काभ्रेको जर्जिङ गर्दै अनु गुरुङ

‘निशानी’ को प्रचारकै क्रममा यो टिम केही दिनअघि बनेपा पुगेका थिए, जहाँ नायिका अनुले ‘मिस तिज काभ्रे’ को जर्ज समेत बन्न भ्याइन् । हुन त अनुलाई उक्त प्रतियोगितामा जर्जकै लागि निम्तो दिइएको थियो । तर, उक्त कार्यक्रममा टिम नै सहभागी हुँदा चलचित्रको पनि प्रचार हुने भन्दै निर्देशक, निर्माता, कलाकार सबै त्यहाँ पुगे । नायिका अनुले त आफ्नो पहिलो तिज कार्यक्रम भन्दै सोसल मिडिया फेसबुकमार्फत समेत ‘निशानी’ को प्रचार गरेकी छन् । सत्य घटनामा आधारित चलचित्र भएकाले पनि निर्माणपक्षले प्रचारमा कुनै कसरत बाँकी नराख्ने जनाएको छ । ‘निशानी’ले वीर गोर्खालीको गाथा बोल्ने छ, जसलाई निर्माणपक्षले ऐतिहासिक तथा मौलिक नेपाली चलचित्र बताउँदै आएका छ । यो चलचित्र सन् ११९९ मा भारत–पाकिस्तानबीच भएको ‘कारगिल युद्ध’ मा आधारित छ । यस विषयमा बलिउडमा चलचित्र निर्माण भइसकेको भए पनि नेपालमा चाहिँ पहिलोपटक निर्देशक सेरेङले ‘कारगिल वार’ मा बीर गोर्खाली सेनाले देखाएको वीरतालाई पर्दामा उतारेका हुन् ।

1965647_773944305977028_592921289032304544_o

Comments