तीजको छेकमा शंकर–पार्वतीको पुनर्मिलन
screennepal
प्रकाशित: २०७१, ८ भाद्र आईतवार
no img

काठमाडौं । तीजका गीतमा यसपल्ट चर्चित मोडल शंकर विसी र पार्वती राईको संयुक्त नृत्य दर्शकले हेर्न पाएनन् । लोकदोहोरी गीतमा जमेको यो जोडी छुट्टिदा धेरै शुभचिन्तकको मन कुँडिएको थियो ।

shankar - parbati

शंकर विसी र पार्वती राई

यो जोडी छुट्टिएकोमा दुःखी रहेका शुभचिन्तकलाई खुशीको खबरछ, तीजका गीतमा नभएपनि तीजको छेकमा पुनर्मिलन भएको छ ।
बुद्धिमान घिसिङको गीत ‘चाहियो जागीर हुने’मा यी दुईले सँगै कम्मर मर्काएका छन् । आइतवार सुटिङ भएको उक्त गीतको नृत्य निर्देशन शंकरकै रहेको छ । गीतमा स्वर बुद्धिमान र बिनु तामाङले भरेका छन् ।
आफूहरु फेरि सँगै काम गर्न थालेको बताउदै शंकरले स्क्रिन नेपालसँग भने, ‘सबै गीतमा एउटै जोडी देख्दा दर्शकलाई पनि दिक्क लाग्ने भएर तीजका गीतमा छुट्टाछुट्टै काम गरेका हौँ ।’

 

Comments