तीजको गीतको बेलायतमा बन्यो भिडियो (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, ७ भाद्र शनिबार
no img

काठमाडौं । नारीहरुको पर्व तीज विश्वब्यापी हुँदै गएको छ । नेपाली दिदिबहिनीहरुले आफू रहेकै देशमा जमघट गरेर यो पर्व मनाउन थालेको केही वर्ष वितिसकेको छ । यसपल्ट भने तीजको गीत ‘ध्रुवतारा’ बेलायतमा सुटिङ भएको छ । लोकलयलाई यथार्थपरक ढंगबाट तिज गीतमा प्रस्तुत गरिएको ध्रुवतारा गीतलाई नायिका श्रेया खरेलको अगुवाईमा बेलायतमा बस्ने महिलाको लगानीमा तयार पारिएको हो ।
aa
ध्रुवतारा गीतमा राधिका हमाल र झलक संगीतम्को स्वर रहेको छ भने यसको लय र एरेन्ज पनि झलक संगीतम्कै रहेको छ । आलाप रेकर्डिङमा रेकर्ड गरिएको यो गीतको म्यूजिक भिडियोमा श्रेया खरेल र भिम सापकोटाले अभिनय गरेका छन् । श्रेयाले म्यूजिक भिडियो, थोरै भए पुगीसरीजस्ता सिरियलमा अभिनय गरिसकेकी छन् । त्यस्तै श्रेयाले गायक संगीतकार झलक संगीतकारको सुन सुन मेरी प्यारी, पानी बिना माछा जसरीलगायतका म्यूजिक भिडियोहरुमा अभिनय गरेकी छिन् । यसको निर्देशन र छायाँकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन सुरेश राउतको रहेको छ ।
http://www.youtube.com/watch?v=15Bx8jNvVvs

Comments