श्रोता-दर्शकलाई निशाको तिजको शुभकामना (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, ३० श्रावण शुक्रबार
no img

nishaकाठमाडौं । नेपाली नारीको महान चाड ‘हरितालि’ तिज आउन धेरैदिन बाँकी छैन । तिज नजिकिँदै जाँदा बजार ‘तिजमय’ बन्दै गएको छ । जतैततै गुञ्जिन थालेका छन् तिजका गीत । यस्तै, गायिका निशा देसारले पनि आफ्ना श्रोतादर्शकलाई गीतबाटै तिजको शुभकाना दिएकी छन् अर्थात् यसपालिको तिजका लागि उनले गाएकी छन् ‘ह्याप्पी तिज’ । जुन गीत अनलाइन मिडिया ‘स्क्रीन नेपाल डटकम’मार्फत सार्वजनिक गरेकी छन् । पत्रकार डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा सुव्रत आचार्य र आशिष्मा नकर्मीले मोडलिङ गरेका छन् । अन्य मिडियमा पनि शुक्रबार (आजै) बाट अनइयर हुन निर्देशक डब्बु क्षेत्रीले बताए ।

nisha 1निशाको यो पहिलो तिज गीत हो । नेपाली सुगमसंगीतमा छुट्टै पहिचान बनाएकी निशाले भनिन्, ‘पहिलोपटक तिज गीत गाएकी हुँ, रमाइलो र अनौठो लाग्यो ।’ ‘ह्याप्पी तिज’ को शब्दरचना डा. कृष्णहरि बरालले गरेका हुन् । पछिल्लो समय ‘म त अजनबी’ जस्ता चर्चित गजल ल्याएकी निशाले भनिन्, ‘तिज कार्यक्रमका लागि यो गीत गाएकी हुँ । तिजको थुप्रै कायक्रम हुन्छ तर मेरो अहिलेसम्म तिजबारे गीत गाएकी थिइनँ ।’ आफ्नो पहिलो तिज गीतलाई श्रोताले रुचाउने निशाको विश्वास छ ।

Comments