दिक्पाल, गरिमा र सुमिनाको यो कस्तो रंग बैजनी ?
screennepal
प्रकाशित: २०७१, २९ श्रावण बिहीबार
no img

r

काठमाडौं । मोडल तथा अभिनेता दिक्पाल कार्की र अभिनेत्रीद्वय गरिमा पन्त र सुमिना घिमिरेको रंग बैजनी कस्तो होला ? थाहा पाउनलाई २६ मंसीर कुर्नै पर्नेछ । तर, यी तीन कलाकारको वास्तविक बैजनी भने निकै रोचक छ । शम्भु प्रधान निर्देशित चलचित्र ‘रंग बैजनी’ मा दिक्पाल, गरिमा र सुमिनाबीच जुन रंग बैजनी हेर्न पाइने छ, त्यो यी तीन कलाकारको वास्तविक जीवनमा पनि देख्न सकिन्छ । अभिनेता दिक्पालका अनुसार पर्दा भित्रझैं छ बाहिर पनि ।

r 1
कस्तो छ त सम्बन्ध ? यसबारे दिक्पालले खुलासा गर्न अस्वीरका गरे पनि केही बैजनी पनि देखिएको छ । दिक्पाल र सुमिना नीजि जीवनमा निकै नजिक छन् भने ‘रंग बैजनी’ मा गरिमा । यो कुरा हालै रिलिज गरिएको गीतबाट पनि थाहा हुन्छ । चलचित्रको ‘छड्के पोते रातो सारी’ बोलको गीतमा गरिमा र सुमिना छमछम नाचेका छन् । तिज झल्काउने सो गीत हेरेपछि गरिमा र सुमिना दिक्पाललाई पाउन एकअर्काबीच स्पर्धा चलेको पाइन्छ ।
सुत्रका अनुसार चलचित्रको एक दृश्यमा दुवै नायिका दिक्पालकै लागि तिजमा व्रत बस्छन्, जित भने गरिमाको हुन्छ । तर, चलचित्र र बाहिर त्यो बैजनी छैन । दिक्पाल भन्छन्, ‘पर्दा बाहिर त सुमिनासँग नजिक छु । सुटिङमा पनि गरिमासँग नजिक हुन पाइनँ ।’ कारण के होला त ? ‘कारण केही छैन’ दिक्पालले भने, ‘सायद सुमिनासँग नजिक भएकाले होला । अरु केही कारण छैन ।’ तर, श्रोत भन्छ, ‘सुमिना र गरिमाबीच आ–आफ्नो प्रतिष्ठाको घमण्ड छ । त्यो घमण्डको तरुल बने दिम्पाल ।’ यस कुरामा दिक्पाल पनि सहमत छन् । उनी भन्छन्, ‘मलाई गरिमा पनि राम्रै लाग्छ । तर, मैले उहाँलाई भेट्नुअघि नै सुमिनासँग नजिकको साथी थिएँ । त्यसैले गरिमा मसँग नजिक हुन पाइनन् ।’

r 2
यही नै हो त रंग बैजनी ? ‘हुनसक्छ’ दिक्पाल स्वीकार्दै भन्छन्, ‘तर बाहिर जे छ, चलचित्रमा त्यसको ठीक उल्टो हुनसक्छ ।’ सायद उल्टो नभएको भए त्यो चलचित्र पनि बन्ने थिएन । तर, पर्दामा उतारिएको रंग बैजनी र बाहिर देखिएको बैजनीले चलचित्रको कथा बोल्न खोजेको छ । कतिपय कुरा नमिले दिक्पाल, गरिमा र सुमिनाबीचको सम्बन्ध नै चलचित्र ‘रंग बैजनी’ हो । यी तीन कलाकारलाई नै निर्देशक शम्भुले आफ्नो चलचित्रमा उतारका छन् । चलचित्र २६ मंसीरमा रिलिज डेट तोकिएको छ । तर, त्यसै समयमा आमिर खानको फिल्म ‘पिके’ पनि आउँदै छ । त्यसैले ‘रंग बैजनी’ को रिलिज डेट सर्न सक्ने निर्माणपक्षको भनाइ छ ।

Comments