पोखराको लेकसाइडमा ‘निशानी’ युनिट
screennepal
प्रकाशित: २०७१, २९ श्रावण बिहीबार
no img

काठमाडौं । पूर्वइन्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ गायिका विष्णु चेम्जोङले आज साँझ पोखराका दर्शक÷श्रोतालाई नचाउँदैछन् । फिल्म ‘निशानी’ को प्रमोसनका क्रममा पोखरा पुगेका प्रशान्त र नेपाल स्टारसमेत रहेकी विष्णुले लेकसाइडस्थित अक्सिजन रेष्टुरेन्टमा सांगीतिक प्रस्तुती दिन लागेका हुन् । कार्यक्रम ७ बजेबाट हुने चलचित्र ‘निशानी’ का निर्देशक बिनोद सेरेङले बताए ।nishani२६ भदौबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘निशानी’ युनिट अहिले प्रमोसनमा तिव्र रुपमा जुटेका छन् । अहिले चलचित्रको टिम पोखरामा छन् । निर्देशक बिनोद सेरेङ, अभिनेता प्रेम सुब्बा, प्रशान्त तामाङ, विष्णु चेम्जोङ, सुरज रानाभाटलगायत पोखरा पुगेका छन् । चलचित्रकी अर्की अभिनेत्री अनु गुरुङ पनि सो प्रमोसन कार्यक्रमा सहभागी हुँदैछिन् । अनुको घर पनि पोखरा नै हुन् । तर, उनी काठडमाडौ आएर अन्य युनिटसँगै पोखरा गएकी हुन् ।
सरोज भण्डारी र ललिता धौबडेल निर्मित यस चलचित्रमा बीर गोर्खालीको बीरगाथा बोकेको छ । निर्माणपक्षको तालिका अनुसार ३१ गते धरानमा प्रमोसन कार्यक्रम हुनेछ ।  प्रशान्त चलचित्र ‘निशानी’ कै प्रमोसनका लागि नेपाल आएका हुन् । उनी चार दिनपछि भारत पर्कँदैछन् ।

Comments