हरि विष्टको ‘सम्झना माइतीको’ सार्वजनिक
screennepal
प्रकाशित: २०७१, २९ श्रावण बिहीबार
no img

कठमाडौं । हरि बिष्टको तीजका गीतहरुको भिडियो संग्रह ‘सम्झना माइती’का सार्वजनिक भएको छ ।
‘अहिलेको तीजमा’ अनु गुरुङ र सीता थापामगर, ‘गैरा वारी नासपतीको बोट’मा ज्योति मगर र प्रिती आले, ‘अघिपपछि भुल्छु आमा’ टीका पुन र ‘किन आउछ सम्झना माइती देशको’मा पनि टीका पुनकै स्वर रहेको छ ।
यी मध्य ‘अघिपछि भुल्छु आमा’को शब्द रमेश विजिले लेखेका हुन् भने बाँकी हरि बिष्टकै छन् । चारवटा गीतमा संगीत हरिले र एउटाको प्रेमदेव गिरीले गरेका छन् ।
भिसिडीमा संगृहित गीतहरुमा तीनटामा हरिको नृत्य निर्देशन छ भने एक÷एकवटा शंकर विसी र प्रकाश भट्टले गरेका छन् । भिसिडीलाई गंगामाला फिल्मस्ले बजारमा ल्याएको हो ।

samjhana Maitiko (1)

Comments