आधुनिक मञ्जु, टिपिकल गीत (भिडयोसहित)
screennepal
प्रकाशित: २०७१, २८ श्रावण बुधबार
no img

काठमाडौं । मञ्जु पौडेल लोकगीत गाउँछिन् । तर, उनको लवाइखुवाइ अधिकांश लोकगायिकाको भन्दा फरक छ । अर्थात्, बदलिँदो समाजसँगै आफूलाई परिवर्तन गर्दै लगिरहेकी छिन् ।

उनका गीत पनि लोकका प्रचलित शैलीभन्दा भिन्न हुन्छन् ।

अधिकांश तीजका गीत अहिले पूरै परिमार्जित छन् । माइत जान नपाएकी चेली, दाइभाइ नहुनुका पीडाभाव तीजका गीतले बोक्नै छाडेका छन् ।

बर्सेनि एउटा तीजको भाका ल्याइरहने मञ्जुले यसपटक त्यस्तो आधुनिक होइन, चाडपर्व आउँदा माइतीको याद आउने सन्देश बोकेको टिपिकल गीत बजारमा ल्याएकी छिन् । गीतमा स्वरमात्रै होइन, लय÷शब्द पनि मञ्जुकै छन् ।
भिडयो:

Comments