जवानी बिसाएका होइनौं–सुरज र सहाना (विज्ञप्ति सहित)
screennepal
प्रकाशित: २०७१, २७ श्रावण मंगलवार
no img

काठमाडौं । मोडल सहाना बज्राचार्य र भिजे सुरज गिरीले हालै आएको समाचार ‘कान्तिपुरका जोडीले जोशमा होस गुमाउदा…’को खण्डन गरेका छन् । चितवनमा उनीहरु कारमै रासलिला मच्चाएको आशयको उक्त समाचारको खण्डन संयुक्त रुपमा बिज्ञप्ति निकालेर गरेका हुन् ।
मंगलवार उनीहरुले निकालेको बिज्ञप्तिमा टायर पंचर भएकाले बाटोमैं कार रोक्नु परेको बताएका छन् । आफूहरुलाई अश्लिल हर्कत गरेबाफत भन्दा पनि मापसेका कारण प्रहरी चौकी पु¥याइएको दाबी गरिएको छ । साउन १२ गते बिहानै काठमाडौं फर्किने क्रममा उक्त घटना भएको बताउदै मापसे परीक्षणमा सुरजले मापसे गरेको देखिएको स्वीकारेका छन् ।
बिज्ञप्तिमा भनिएको छ, ‘चितवनको टाँडीमा गाडीको टायर पंचर भएकाले त्यो फेर्ने क्रममा प्रहरीको गाडी आएको थियो । उनीहरुलाई आफ्नो परिचय दिन कान्तिपुरको कार्ड देखाएका हौँ ।’
आफूहरु दुईजना मिल्ने साथी भएको बताउदै उक्त समाचारले आफूहरुलाई पारेको क्षतिको कानूनी उपचारमार्फत पूर्ति खोज्ने उनीहरुले बिज्ञप्तिमार्फत बताएका छन् ।
बिज्ञप्तिः

10563202_10152302172777514_6152551463948402239_n

Comments